ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सवारी दुर्घटनामा सात जनाको मृत्यु


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, ८ मंसिर । रौतहट, राजपुर नगरपालिका-३ स्थित सडकमा बीआर ०५ एएक्स ८६६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत मोतिहारी थाना चिरैया बस्ने ४० वर्षीय शिवकली देवीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु, यशोधरा गाउँपालिका -३ बहडिलवामा लु.४ त १२८० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम कुमार कुर्मीको छोरा २ वर्षीय रुपेश कुर्मीको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा, बटेश्वर गाउँपालिका-४ दराने टोलमा साईकलबाट लडेर क्षिरेश्वरनाथ नगरपालिका-३ पकडिया बस्ने ५३ वर्षीय सुर्य देव रायको बिहीबार दिउँसो मृत्यु भएको छ । साईकलबाट लडेर गम्भीर घाइते भएका उनको केसी अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।रौतहट, गढिमाई नगरपालिका-४ संग्रामपुरस्थित सडकमा ना.३ त ६६६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने संजय राय यादवको छोरा ४ वर्षीय आशिक यादवको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको  हेल्थ ल्याण्ड हस्पिटल गरुडा हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो ।  ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

रूपन्देही, देवदह नगरपालिका-४ सिंगहास्थित सडकमा लु.५ प २३२९ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ सोईया बस्ने ३६ वर्षीय ईश्वर सोमैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भलुही मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । तनहुँ, म्यागदे गाउँपालिका-५ धारापानिस्थित सडकमा म.प्र.०३-०३०प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल थाङदी खोलामा खसेर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइक -लमा सवार शुक्ला गण्डकी नगरपालिका-७ बस्ने २७ वर्षीय विनोद गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जि.पि कोईराला श्वास प्रश्वास उपचारकेन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई  लेखनाथ सिटी अस्पताल पोखरा रिफर गरिएको छ ।

कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनमा ग.१४ प ९३३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने खोटाङ बारापोखरी-‍३ घर भएका ५२ वर्षीय टंक बहादुर समालको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि फिस्टेल अस्पताल पोखरा पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्दार कार्य तथा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host