ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु


ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, १० मंसिर । उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको प्र १-०५-००१ ख ००४४ नम्बरको अन्नपूर्ण बोर्डिङ स्कुलको बस आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा बसका चालक समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक त्रियुगा नगरपालिका-६ बस्ने ४० वर्षीय भिखन चौधरी, बसमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय विकाश चौधरी र ७ वर्षीया कुमारी चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको, १२ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको छ भने २७ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसैगरी उदयपुर, बेलका नगरपालिका-८ एल.के.खोजस्थित सडकमा प्रदेश नं.१-०५००१ प ०८३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ गुरुङचौरी बस्ने ३२ वर्षीय हरिशंकर घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रिफर गरिएको छ । 

ADVERTISEMENT

सप्तरी, खडक नगरपालिका-१० ईनर्वा फुलबरियामा हाल नम्बर मेटिएको ट्याक्टरको धान दाउने मेसिन खेतको आलीमा चढ्ने क्रममा धान दाउने मेसिन पल्टिएर शनिबार दिउँसो दुर्घटना हुँदा बोदेबर्साईन नगरपालिका-५ जाजर बस्ने ३५ वर्षीय जितेन्द्र रामको मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ सातकुलेमा सग्रामबाट सातकुलेतर्फ जाँदै गरेको लु.३ त ९६६६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका हेल्पर सोही उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय बिराज बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डोल्पा, ठुलिभेरी नगरपालिका-९ मोतिपुरमा त्रिपुराकोटबाट दुनैतर्फ जाँदै गरेको लु.२ च ५९१५ नम्बरको मकै लोड भएको ट्याक्टरको ट्रलीमा च्यापिएर चालक रूकुम पश्चिम आठबिसकोट नगरपालिका-९ राडी बस्ने २७ वर्षीय लक्की थापाको शनिबार राति मृत्यु भएको छ । च्यापिएर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दुनैमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, आदर्शकोतवाल गाउँपालिका-१ जमुनी खोलामा बरियारपुरबाट लङ्गडा चोकतर्फ जाँदै गरेको ना.५ त ५३२७ नम्बरको उखु लोड गरेको ट्याक्टरबाट लडेर जितपुर सिमरा उपमहानगरपालिका-१८ मनहरवा बस्ने ४५ वर्षीय जयनारायण पण्डितको शनिबार राति मृत्यु भएको छ । ट्याक्टरबाट लडेर सोही ट्याक्टरको चक्काले किच्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host