१५ मङ्सिर,काठमाडौं । नेप्सेमा सूचीकृत ३ कम्पनीको वार्षिक साधारण सभा आज बस्दै छ । साधारण सभा बस्नेमा आरएसडीसी लघुवित्त, इमर्जिङ नेपाल र माण्डु हाइड्रोपावर छन् । कम्पनीले लगानीकर्तालाई गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन् । आरएसडीसी लघुवित्तको साधारण सभा वेष्टर्न एसियन होटल प्रा.लि बुटवल, कालिकास्थानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा आरएसडीसीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ८.६०% बोनस र कर प्रयोजनका लागि ०.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस लघुवित्तले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
इमर्जिङ नेपाल लिमिटेडको वार्षिक साधारण सभा बानेश्वर ब्यांकेट थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा यस कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
माण्डु हाइड्रोपावरको वार्षिक साधारण सभा कोर्टयार्ड छाया सेन्टर, ठमेल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । माण्डुले सभामा गत आर्थिक वर्षको नाफाबाट १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले मंसिर ४ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोज मंसिर ४ गते भएकाले सामान्यतय मंसिर ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुने भए पनि यस कम्पनीको हकमा कात्तिक २३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने देखिएको छ ।