२०८० मङ्सिर १५, काठमाडौँ।राइट लाइफ योग एकेडेमी र चरित्र निर्माण संघको संयुक्त आयोजनामा राजेन्द्रप्रसाद न्यौपानेबाट लिखित पुस्तक व्यक्तित्व विकास तथा नेतृत्व विकास र सफलता र खुशी विज्ञान पुस्तकको सार्वजनिक हूने भएको छ।
पुस्तक मिति २०८० मंसिर १६ गते, शनिवार दिन को १.बजे पाशुपत योग आश्रम, पंचदेवल गौशाला पशुपतिमा पुस्तकको सार्वजनिकिकरण हुनेछ। सूचना प्रकाशन गर्दै लेखकले पुस्तक को सार्वजनिक गर्ने कार्यक्रममा सबै सदस्य साथीहरु शुभेच्छुक, सल्लाहकार, पदाधिकारी सबैमा हार्दिक आमन्त्रण गरेका छन् । पुस्तक बजारमा सहजै उपलब्ध गर्न सकिन्छ, साथै सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न ९८४०५५२०३१ मा फोन गर्न सकिन्छ।