ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

समुदाय-प्रहरी साझेदारी कार्यक्रम थप प्रभावकारी बन्दै


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, १८ मंसिर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको ५ वर्ष पूरा भएको छ । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर १ लाख ८४ हजार ५ सय ३५ वटा सामुदायिक कार्यक्रमहरु सञ्चालन भएका छन् । यसबाट कुल १ करोड २ लाख ९८ हजार ७ सय ४ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

कार्यक्रमको माध्यमबाट ७ सय ५३ वटा स्थानीय तहसँग साझेदारी निर्माण गरी कार्यान्वयन गर्न औपचारिक समझदारी भएको थियो । जसअनुसार वृहत् रूपमा सामुदायिक सुरक्षा संस्थागत गर्न जिल्ला, पालिका, वडा, टोल र विद्यालय तहसम्म कुल २३ हजार ९ सय ९२ साझेदारी समितिहरू गठन भएका छन् ।

समुदाय-प्रहरी साझेदारी अवधारणा २०७५ बमोजिम सामुदायिक सुरक्षा अभिवृद्धि गर्नका लागि स्थानीय स्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरू विद्यमान सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्रहरू, विभिन्न क्षेत्रका गैह्र राजनीतिक सामुदायिक र सामाजिक संघ संस्थाहरू, महिला, बालबालिका र युवा सम्बन्धी संघ संस्थाहरू, माध्यमिक तह (कक्षा १२ सम्म) का विद्यालयहरू, शिक्षासँग सम्बन्धित संघ संस्थाहरू र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको सहभागिता हुने गरी जिल्ला, पालिका, वडा, टोल र विद्यालय स्तरमा समितिहरू गठन गरी बृहत् राष्ट्रिय साझेदारी निर्माण गरिएको हो ।

यस अवधारणाबारे जानकारी दिँदै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत भन्नुहुन्छ, ‘यस अवधारणाको कार्यान्वयनबाट सामुदायिक सुरक्षा, अपराध रोकथाम, घटित अपराध अनुसन्धानमा जनसहभागिता अभिवृद्धि, प्रहरी र जनताबीचको सम्बन्ध सुदृढ हुनुका साथै अन्य प्रहरी कार्यमा समेत उल्लेखनीय योगदान पुग्न गएको छ ।’

यसैगरी कोभिङ-१९ को समयमा करिब १० हजार ६ सय ४६ भन्दा बढी जनचेतनामूलक कार्यक्रमहरूबाट करिब १६ लाख नागरिकलाई सचेत गराइएको थियो । लागूऔषध विरुद्ध जनचेतनामूलक करिब २० हजार कार्यक्रमहरूबाट १० लाख ४३ हजार भन्दा बढी मानिसहरूमा सचेतना पुर्‍याइएको छ । महिला हिंसा न्यूनिकरण सम्बन्धमा करिब १३ हजार ६ सय भन्दा बढी कार्यक्रमहरूबाट करिब ६ लाख ८५ हजार भन्दा बढी नागरिक समक्ष सचेतना पुर्‍याइएको छ ।

समुदाय लक्षित कार्यक्रमहरूमा जबरजस्ती करणी विरुद्ध, मानववेचविखन विरुद्ध, ट्राफिक नियम तथा दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतना, साइबर अपराध सम्बन्धी कार्यक्रम, आत्महत्या न्यूनिकरण कार्यक्रम, बालविवाह, बहुविवाह, दाइजो प्रथा विरुद्ध जनचेतना अभिवृद्धि, विद्यालय सम्पर्क कार्यक्रम, सामाजिक अपराध न्यूनिकरण, समुदाय र प्रहरीबीच खेलकुद कार्यक्रम, आगलागी न्यूनिकरण लगायत रहेका छन् । यस्ता जनचेतनामूलक कार्यक्रमहरूले समाजमा रहेका विकृति र विसंगती विरूद्ध समाजलाई झकझकाउँदै कानूनी राज्यको स्थापना गर्न समुदाय र कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी मिलेर जानुपर्ने धारणा प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले व्यक्त गर्नुभयो ।

२०३९ सालमा घरदैलो कार्यक्रमबाट सुरूवात भएको साझेदारी अवधारणा नेपाल प्रहरीले विभिन्न समयमा अख्तियार गरेका निर्देशिका, विधान र कार्ययोजना जस्ता सामुदायिक प्रहरी सेवा स्थापनाका आधार र निर्णयहरूबाट समुदाय-प्रहरी साझेदारी कार्यक्रम २०७५ कात्तिक ११ गतेदेखि सुरूवात भएको हो । सामुदायिक सुरक्षा अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमा हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिक र प्रहरीबीचमा सम्बन्ध स्थापित गर्ने यस अवधारणाको उद्देश्य, आवश्यकता र औचित्य पुष्टी भएको छ । अवधारणा अन्तर्गत हाल ५ सय २८ जना जनशक्ति कार्यरत रहेका छन् भने १ सय ८५ वटा सामुदायिक प्रहरी सेवा केन्द्रहरू प्रत्यक्ष खटिएका छन् ।

“समुदाय-प्रहरी साझेदारी कार्यक्रम अवधारण प्रहरीसँग विद्यार्थी कार्यक्रम सम्पन्न”

ADVERTISEMENT

मोरङ। समुदाय-प्रहरी साझेदारी अवधारण अन्तर्गत ईलाका प्रहरी कार्यालय रंगेली मोरङमा ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम  सोमबार सम्पन्न भएको छ । उक्त कार्यालयको आयोजना र मिनिलेण्ड अंग्रेजी माविको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरिकबीच सुमधुर सम्बन्धको विकास, समुदाय-प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्देश्य अनुरूप लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सिलसिलामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

सो अवसरमा इलाका प्रहरी कार्यालय रंगेली परिसरभित्र विभिन्न जातको करिब १ सय वटा विरुवाहरु वृक्षारोपण गरिएको थियो भने कार्यालयको मानव मस्तिष्क आकारको पुस्तकालयमा विद्यालयकोतर्फबाट २५ थान जीवनपयोगी पुस्तकहरु थप गरिएको थियो । साथै उपस्थित शिक्षक तथा विद्यार्थीहरुलाई कार्यालय अवलोकन गराई लैंगिक हिंसा, जबरजस्ती करणी, बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम, प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host