ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ


ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, २३ मंसिर । दाङ, घोराही उमहानगरपालिका-१८ रजेनाबाट अवैध लागूऔषध चरेस ५ किलोसहित रुकुमपूर्व पुथागंगा गाउँपालिका-१ बस्ने २८ वर्षीय ललित पुन र ३७ वर्षीय हेमराज पुनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूले लागूऔषध चरेसको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ बस्ने १९ वर्षीय नबिन स्याङतान र १९ वर्षीय सुजित स्याङतान रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २८ ट्याब्लेटसहित बाजुरा त्रिवेणी नगरपालिका-२ घर भई कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शेखर शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला कार्यालय कैलालीबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३-०२ प ३३६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ADVERTISEMENT

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ ग्राम ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय अमृत दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित मोटरसाइकल ग्यारेजमा बसिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

मोरङ, मिक्लाजुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका-५ बस्ने २४ वर्षीय रमेश सिंह लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट आउँदै गरेको प्र.१-०२-०४० प ६३३९ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । यसैगरी विराटनगर महानगरपालिका-९ बस्ने ३३ वर्षीय जिबन तामाङ र संखुवासभा खाँदबारी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरालाल बिश्वकर्मालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट  आउँदै गरेको प्र.१-०२-०४४ प ९४५ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैयामा दुवै मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १० एम्पुल, डाइजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र लुपिजेसिक १० एम्पुलसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी इटहरी उपमहानगपालिका-१९ बस्ने ३१ वर्षीय अनिल कार्की र सोही उपमहानगपरालिका-२ बस्ने ३२ वर्षीय   सुनिल मगर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प  १२६६ नम्बरको मोटरसाइकल-लाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host