काठमाडौं, २९ मंसिर । सप्तरी, सुरुङ्गा नगरपालिका-७ पोखरियास्थित सडकमा स.१ त ७४७३ नम्बको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय रामनारायण साहको मृत्यु भएको छ । खेत जोत्न जाने क्रममा अचानक दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१५ गोबरियास्थित सडकमा म.२ प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१६ मझगाँउ बस्ने २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।