ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट जिल्ला प्रहरी कार्यालय मुगुमा नवनिर्मित भवनहरू उद्‍घाटन


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

मुगु, ८ पुष । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगु परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख /सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुविधा सम्पन्न कार्यालय भवन, व्यवस्थित तथा गुणस्तरीय ब्यारेक, मेश लगायत दैनिक आवश्यक पर्ने भौतिक संरचना प्रहरी कर्मचारीहरूको मनोबलका साथै प्रहरीबाट प्रवाह हुने सेवासँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै हालै निर्माण भएको नयाँ र सुविधा प्राप्त भवनहरूले प्रहरी कर्मचारीहरूमा थप जिम्मेवारी निर्वाह गर्न उर्जा र हौसला मिल्ने बताउनुभयो । 

प्रहरी महानिरीक्षक कुवँरले प्रभावकारी अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, मानव अधिकारको संरक्षण लगायत विपद् उद्दार कार्यमा प्रहरी सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आम नागरिकको भरोसा योग्य र विश्वसनीय संगठनको रूपमा स्थापित हुने सफल भएको बताउनुभयो । संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई सुदृढ र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको उहाँले बताउनुभयो ।  

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी र छायाँनाथ नगरपालिका प्रमुख विष्णु कुमार भामले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक ई. नितिन लाखेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल २ करोड ५८ लाख २० हजार ४ सय ४६ रूपैयाँ १९ पैसा लागतमा कार्यालय भवन र ७ करोड ५६ लाख ६३ हजार २ सय २६ रूपैयाँ ३ पैसा लागतमा ब्यारेक, कार्यालय प्रमुख /सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला अदालत मुगुका न्यायाधीश दिल कुमार बर्देवा, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host