९ पुष, काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले ईसाई धर्मावलम्बी – हरुको महान चाड क्रिसमसको उपलक्ष्यमा देश तथा विदेशमा रहेका नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरूमा शुभकामना व्यक्त गरेका छन् । खापुङले एक शुभकामना सन्देश मार्फत् नेपालमा भएका
चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, पारस्परिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएको कुरालाई स्मरण गर्दै क्रिसमस पर्वको शुभकामना व्यक्त गरेकाे जनाएका थिए । यस्तो छ, शुभकामना सन्देश -: