१२,पुष, सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले पौष २७ गते ११ औं वार्षिक साधारण सभा बोलाएको हो । संस्थाले एक सूचना प्रकाशित गरी कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार वार्षिक साधारण सभा बोलाएको हो ।
वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७९÷०८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरण र सो सँग सन्बन्धीत अनूसुचीहरु पारित गर्ने, आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षक नियुक्ती गर्ने एजेण्डा राखिएका छन् ।
यस्तैगरी, विशेष प्रस्ताव अन्तरगत अन्य ‘घ’ वर्गका इजाजत प्राप्त वित्तीय संस्थाहरुलाई गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरुको पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरु रहेका छन् ।सुनसरीको दुहवीमा मुख्य कार्यालय रहेको फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई सामुहिक जमानीमा कर्जा प्रवाह गरी उनीहरुको आर्थिक उत्थानमा योगदान पुर्याउँदै आइरहेको छ । संस्थाको देशभर ४० जिल्लाका शाखा, केन्द्र, उपकेन्द्रमा करिब ३ लाखको हाराहारीमा महिलाहरु आबद्ध रहेका छन् ।
सही जवाफ पत्रिका
काठमाडौँ, नेपाल
+9779851112187
sahijawaaph@gmail.com
info@dibaynews.com
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
