ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल इन्जिनियरिङ कलेजबाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरुको विदाई


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२९ पुष,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनिय-रिङका चार वटा विषयमा स्नातक पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शनिबार कलेजले एक कार्यक्रमका विच कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट, इलेक्ट्रि -कल एण्ड इले-क्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका विद्यार्थीहरुको विदाई गरेको हो ।

विदाई कार्यक्रमका प्रमुख अतिथी नेपाल इन्जिनियरिङ काउ-न्सिलका अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले व्यवसायीक क्षेत्रमा प्रवेश गर्न तयार नव-इन्जिनियरहरुलाई पेशागत मर्यादामा रहेर काम गर्न सुझाब दिए । नेपालमा दक्ष इन्जिनियरहरुको खाँचो रहेको औल्याउँदै अध्यक्ष शाहीले इथिक्समा बसेर काम गर्दा सफलता प्राप्त हुने बताए । ‘तपाईहरुले जसरी कलेजमा माया पाउनु भएको थियो, ब्यवसायिक जीवनमा त्यो वातावरण पाउन पनि सक्नुहुन्छ नसक्नु पनि हुन्छ । इन्जिनियरिङ पेशामा अपडेट भएर इथिक्समा रहेर काम गर्नु होला ।’ ब्यवसायिक जीवनमा प्रवेश गरेपछि प्रत्येक दिन परीक्षा दिइरहनु पर्ने भन्दै अध्यक्ष शाहीले इन्जिनियरिङमा अनुभव र सीप नै महत्वपूर्ण भएकोले अरुभन्दा अब्बल हुन अनुशासित, मेहनती बन्न जरुरी रहेको उल्लेख गरे ।

पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. राजेश ठकुराठीले उच्च शिक्षा पुरा गरेका विद्यार्थीहरुले प्राप्त गर्ने सफलता नै पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ कलेजको ब्राण्ड एम्बेष्डर रहेको उल्लेख गर्दै विश्वविद्यालय र कलेजको नाम रहने गरी काम गर्न सुझाए । ‘तपाईहरु पोखरा विश्वविद्यालयको एम्बेष्डर हो, तपाईहरु नेपाल इन्जिनियरिङ कलेजको एम्बेष्डर हो । तपाईहरुले जे गति गतिविधि गर्नुहुन्छ त्यसमा विश्वविद्यालय र कलेजको भविष्य गाँसिएको हुन्छ । तपाईहरुले कलेजको, विश्वविद्यालयको र अभिभावकको नाम उँचो राखेर काम गर्नुहोला ।’ ब्यवसायिक क्षेत्रमा लागेपछि समय ब्यवस्थापन र मर्यादा कायम गर्नु अपरिहार्य रहेको भन्दै उनले भने ।

कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले कलेजमा ४–५ वर्ष अध्ययन गरेर हासिल गरेको ज्ञान र सीपलाई ब्यवसायिक जीवनमा प्रयोग गर्न सुझाउँदै विद्यार्थीले हासिल गर्ने सफलता नै कलेज र फ्याकल्टीहरुको सफलता रहेको बताए । ब्यवसायिक क्षेत्रमा सफलता पाउन समय र अनुशासन महत्वपूर्ण पाटो रहेको औल्याउँदै कार्यवाहक प्राचार्य भण्डारीले व्यवसायिक मर्यादा कायम गरी काम गर्न सुझाब दिए । ‘करियर सुरु गर्न निकै गाह्रो छ तर, हामीले तपाईहरुले राम्रो करियर बनाउनु हुन्छ भन्नेमा हामी विस्वस्त छौं ।’ कलेजको पढाई पुरा गरेर गएपनि कलेजसँग सदैव जोडिन आग्रह गर्दै उनले भने ।

कलेजका आर्किटेक्ट डिपार्टमेन्टका प्रमुख अनिल कुमार रेग्मीले ब्यवसायिक जीवनमा एकैपटक सफलता प्राप्त गर्न नसकिने भन्दै अफ्ट्रयाक आएपनि आफुले पढाएका शिक्षक फ्याकल्टीहरुलाई सम्झेर अगाडी बढ्न सल्लाह दिए । ‘काम गर्ने सिलसिलामा ब्यवसायिक मर्यादा कहिल्लै नविर्सनु, आफुभित्र रहेको क्षमता र दक्षतालाई समातेर अगाडी बढ्नु ।’ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ डिपार्टमेन्टका प्रमुख यमकृष्ण पौडेलले चार वर्षको दौरानमा हासिल गरेका ज्ञान, सीपलाई व्यवसायिक क्षेत्रमा प्रयोग गर्दै कलेजको नाम उच्च राख्न सल्लाह दिए । साथै, उनले विद्यार्थीहरुलाई कलेजको अल्मुनाईमा जोडिन पनि आग्रह गरे ।

ADVERTISEMENT

यस्तै, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन डिपार्टमेन्टका प्रमुख अमित साहले विश्वका सबै मानिसले आफ्नो सफलता नै चाहिरहने भएपनि शिक्षकहरुले मात्र विद्यार्थीले हासिल गरेको सफलतालाई आफ्नो सफलता ठान्ने गरेको बताए । पढाएका विद्यार्थीले जीवनमा प्राप्त गरेका सफलता देखेर नै शिक्षकहरु आफु सफल भएको ठान्ने बताउँदै उनले विद्यार्थीलाई व्यवसायिक सफलताको शुभकामना दिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका कम्प्युटर साइन्स डिपार्टमेन्टमा असिस्टेन्ट प्रोफेसर जितबहादुर बोहराले कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरुको सफलतामा कलेजले गर्व गर्ने बताए ।

विदाई कार्यक्रममा विद्यार्थीहरुले अध्ययनका क्रममा विताएका पलहरुको सम्झना गर्दै नेपाल इन्जिनियरिङ कलेजका फुलटाइम शिक्षक, मित्रवत व्यवहार गर्ने कर्मचारी, कलेजको ल्याब, पुस्तकालय, रिसर्चका माध्यमहरुका कारण आफुहरु इन्जिनियर बन्न सफल भएको बताए । उनीहरुले कलेजमा हासिल गरेको ज्ञान, सीपलाई व्यवहारमै उतार्ने प्रतिबद्धता जनाउँदै स्वदेशमै रहेर देशको सेवा गर्ने भने ।
विद्यार्थीहरुलाई विषयगत अवार्ड
सो अवसरमा ग्राजुएट विद्यार्थीहरु निलिमा थापा, लक्ष्मी चालिसे, दशुनाथ कंडेल, अनिलकुमार यादवलाई प्रोगाम टपर अवार्ड दिइएको थियो भने, विषयगत अवार्ड जयप्रकाश महतो, सुरज कार्कीले प्राप्त गरे । आर्किटेक्चरका आकांक्षा सिंह, गीतिका श्रेष्ठ, हिमाल रोकाया, छविलाल गुप्ताले बेसिक डिजाइन अवार्ड पाउँदा निलिमा थापाले बेसिक डिजाइन सँगै विल्डिङ कन्ट्रक्सन अवार्ड प्राप्त गरिन् । सुरज कार्कीले इलेक्ट्रिकल र कम्प्युटर साइन्स अवार्ड प्राप्त गरे । अनिल कुमार यादवले कम्युनिकेशन अवार्ड पनि पाउँदा सरोज महर्जनले पावर इलेक्ट्रिकल अवार्ड हासिल गरे । कार्यक्रममा आर्किटेक्चरका हिमाल रोकाया र छविलाल गुप्तालाई डब्लूएएमडिइओ अवार्ड पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host