हरी श्रेष्ठ। २१ फागुन, काठमाडौं। संसदीय व्यवस्था र पुँजीवाद मौलाई रहेको बेला नेपालकाे संसदीय व्यवस्थाले दलाल पुँजीवादी व्यवस्थालाई जर्गेना गर्न क्रान्तिकारी माथि धरपकड गरी हिरासतमा लिन थालेका छन् । जसमा दलाल पुँजीवादबाट सम्पति जगेर्ना गर्न भष्ट्रचारी कालो बजारीलाई जोगाउन राज्यको अङ्ग लागिरहेको बेला वा एकले कार्वाही गर्ने अर्कोले जोगाउने प्रवृत्तिको कारण देशमा भष्ट्रचार कालोबजारी, तस्करले सिमा नागेको छ । जब राज्यसत्ता आफै अडानमा चल्दैन, त्यहाँ अराजकता,कालोबजारी, तस्करी, दलालको हावी हुन्छ । एकले अर्काको नियम पालना नगर्ने एउटाले कारवाही गर्छ अर्को ले उन्मुक्ति दिँदा भष्ट्रचारले सिमा नाग्छ, तस्कर र कालो बजारी मौलाउँछ, भुमाफिया, दलाल, व्यापारी हावी हुन्छ । न्यायको लागि जनता सडकमा छट्पटाई रहेको हुन्छ । पैसा र पावरमा सम्पुर्ण चल्छ । सरकारलाई कुर्सी बचाउन लाग्छ देश र जनताको कुनै वास्ता गर्दैन।यो नेपालको एउटा रोग बनिसकेको छ। यस्ता प्रकृयामा राज्यको अङ्ग नै यस्ताे केसमा लागि परेको छ ।
जहाँ दलाल भुमाफियाको साँढकाँधमा सर्वजनिक जमिन निजि स्वामित्वमा ल्याउने, मिटर व्याज लघुवित्त ब्याजबाट चर्को ब्याज असुल गर्ने किसानलाई उठिबास लगाउने, किसानको उत्पादनमा कालोबजारी, विचौलिया खडा गर्ने उत्पादन वस्तुको खरिदगर्ने भुक्तानी नगर्ने,कर्मचारीले भष्ट्रचार गर्ने अनिमियताबाट करोडौ घोटला गर्ने, न्यायलयले राज्यले उन्मुक्ति दिने गरेको पाइएको छ । यसमा जनता महिनौ अधिकारका लागि अनसन वस्नु बसेका छन्। महिनौ लगाएर न्यायका लागि पैदल यात्रा गरी राजधानि भित्रने गरेका छन् । राज्यको कुनै चासो छैन कमीसनको आधारमा एकले अर्कोको निर्णय उल्त्ताउने काम भएको छ।व्यवस्थापिकाको निर्णय न्यायपालिकाले नमान्ने न्यायपालिकाको अधिकार व्यवस्थापिकाले पालना नगर्ने, कार्यपालिकाले एक न एक ठाउँमा चिप्केर आफुले गरेको कुकर्मको मिनाहा पाउने जस्ता राज्य-सत्तामा अराजकता फैलिएको छ । यस्ता दलाललाई राज्यबाट कार्वाही नभएपछि सडकबाट कार्वाही थालिएको छ । जहाँ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जनवर्गिय संगठनले यस्ता भष्ट्रलाई सडकबाट कार्वाही गरि रहँदा यो दलाल सत्ताले त्यस्ता भष्ट्र कालो बजारीलाई संरक्षण गर्न क्रान्तिकारी माथि धरपकड गरी हिरासतमा लिन थालेको छ ।
संसदीय व्यावस्थाले भष्द्रचारी दलाल कालोवजारीसग साठगाठ गरी तस्कर गरी सम्पति जमाई बस्ने सरकारको नेतृत्व गरीरहेका छन्। जसमा आज कम्युनिष्टको नाममा कलङ्क जमाएर संसदमा बसेर ढाडिएका दलाल पुँजीवादीको व्यवस्था लाद्दै जनताको आखाँमा छारो हालि सत्तामा पुगेका छन् । जसमा आज कम्युनिष्टको नाम बेचेर दलाल पुँजीवाद व्यावस्था भित्र्याउन खोज्दै छन् । यसका दलाल भष्ट्रचारी कालो बजारी र तस्करलाई हातमा लिई देश भक्त क्रान्तिकारी माथि धरपकड गरी सत्ता सञ्चालन गर्न खोज्दै छन् । जनतालाई ढाड सेक्ने गरी महँगी र कर बृद्धी गरी सत्ताको सेवा सुविधा बढाई मोज गर्न लागेका छन् । यो अन्याएको विरोध गर्ने देश र जनताको हकहितको लागि लड्ने देश भक्तलाई झुट्टा मुद्दा लगाएर हिरासतमा लिई मानसिक र शारिरिक यातना दिन थालेका छन्।
देशका बहुमुल्य नदी नाला वा पानी, जमीन जङ्गल विदेशीलाई सुम्पेर सत्ता टिकाउन लागि परेका छन् । त्यसैगरी नेपाली सक्षम युवालाई विदेशीभुमीमा बेची देशमा भएका कलकार-खाना वन्द गर्ने भष्ट्रचारी गर्ने ,कालो बजारी राजस्व नतिर्ने विदेशी कम्पनीलाई उन्मुक्ति दिदै संसद सत्तावाट नै दलाल गरी पुँजी जमाउन खोज्ने तत्व लागि परेको देखिन्छ । भुमी जमीन पानी जनावर विभिन्न बाहानामा बेचिदैछन्। यो गलत भयो भन्ने देशभक्तलाई वा यसको विरोधमा उत्रिने राजनितिक शक्तिलाई आज झुट्टा मद्दा लगाई फसाएर थुन्ने काम भएको छ । यसमा हिजो सगै क्रान्ति लडेका आत्मा समर्पणवादी र हिजो क्रान्ति दबाउन लाग्ने कम्युनिष्ट भने सिद्धान्त चिन्तन सामान्तवाद पुँजीवाद हावी पुँजीवाद भएका हिजो समन्तवादी राजासँग तीसग गठजोर गरुी सत्ता छन । अर्को आज जनयुद्धवाट त्यो सामन्त राजा फालिएपछि दलाल संसदीय व्यावस्था लाध्न थालेपछि त्यसको विरोधमा लड्न बिभिन्न सड्कका क्रान्तिकारीहरु गोलबन्द भई अगाडी बड्ने योजनासहित अगाडी बढिरहेको छ । यसै क्रममा जनतालाई दिहरै ठग्ने कर्मचारी भुमाफिया दलाललाई जनकार्वाही गरिएको छ ।
जहाँ डिडिसीका महाप्रबन्धक सन्जिव झा यातायात व्यवस्थापन विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल र प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिसिटिभिका उपाध्यक्ष खगेन्द्र अधिकारी लगायतलाई देशैभरीबाट सडकबाट कर्वाही थालिएको छ । यी माथि किसानको भुक्तानी रोक्ने कालो बजारीबाट दुध भित्र्याउने, कर्मचारी सरुवा बढुवामा चलखेल गर्ने डि डि सी संस्थालाई घाटामा लगेर निजिलाई प्रदान गर्न खोज्ने लगायत लाइसन्सकाे घोटला कमीसन गर्न शिक्षा अनिमिहिता गर्न गरेको पाइएको छ । यस्ता अपराधिलाई कारबाही गर्दा देशभक्त युवालाई धरपकड गर्न थालिएको छ । यस्तालाई जोगाउन यो राज्य लगेको देखिएको छ ।
यस्ता दलाल सरकार र समराज्यवादीको इसारामा चल्ने सरकाले विभिन्न नाटक रच्दै वाम गठबन्धनको नाम बेचेर कम्युनिष्टका नाम बेचेर जनताको आाखाँमा छारो हाली निर्बाचनमा बहुमत प्राप्त गर्यो,शत्तामा मोज गर्यो । त्यसपछि फेरी विदेशी चलखेलबाट आज सत्तामा पुगेकाहरु कसरी सत्ता सञ्चालन गर्न कुर्सी कसरी बचाउने भन्ने मात्र भएको छ । भने फेरी आउने चुनावको तयारी गर्ने लागेको देखिएको छ । यस्ता दलालले जनताको समस्या भन्दा सक्ताको मोह ताकिने हुदाँ आज क्रान्तिकारीले सडक संघर्ष थालेको छ । यी दलालले सक्ता र कुर्सीको लागि क्रान्तिकारी थुन्ने र आफ्ना अस्तित्व कायम गर्न लागेको पाइएको छ ।
जसमा यी दलाल संसदीय व्यवास्थाको विरोधका वा भष्ट्रचारी कालो बजारीलाई कार्वाही देखी यो संसदीय व्यवस्थाले गर्न लागेको निर्वाचनको विरोध देखी भष्ट्रचारीलाई कार्वाही कालो बजारीलाई कार्वाही लगाएत देशका सिमामा मिच्ने विदेशी-हरुको भण्डाफोर गदै सिमा जोगाउन लागि परेका देशका राजनितिक क्रान्तिकारी कार्वाही गर्न यो दलाल सरकार लागि परेको पाईन्छ । जसमा हिजो यो दलाल सत्ताले लिपुलेख बेचेर खानलाग्दा क्रान्तिकारीले विरोध गरी बचायो । त्यसैगरी हिजो यो दलाल सत्ताले भष्ट्रचारको छानविन गर्ने ठाउमा भष्ट्रचारी लोकमानसिंह कार्की नियुक्त गरी लुट्ने योजना बनाएकाे थियो । यो दलाल सत्ताको कानुनले न्याय दिन खोज्दा यसलाई कारबाही गरेको थियो ।
त्यसैगरी यो दलाल सत्ताले अर्बाैं राजस्व छली खाने राजस्व प्रमुख चुडामणी शर्मालाई छुटकारा दिए पछि नेकपाले उसको सम्पति सहित घरमा कालो झण्डा गाडेको त्यसमा पनि यो सरकारले ती क्रान्तिकारीलाई धरपकड गरेको थियो । त्यसैगरी देशमा लगनी गर्ने देशको कर छल्ने एनसिएल लाई कार्बाही गरेको थियो भने यो दलाल संसदीय व्यवस्थाको निर्वाचन गर्दा अर्बाैं घोटला गर्ने निर्वाचनका प्रमुख आयोग प्रमुखलाई कार्वाही गरेपछि यो दलाल सत्ताको मुटुले ढ्याङ्ग्रो ठोकेको थियो ।त्यसैगरी नेपालका नदी भारतमा लान बनाएको विराटनगरमा खोलिएको कार्यलयमा कार्वाही गरेपछि सो कार्यालय बन्द गरी जानु परेको थियो । यसमा झन यो दलाल संसदवाट वा भारतको आसिरवादबाट बनेको सरकारको मुटुले ठाँउ छोडेपछि यी सम्पुर्ण कामबाट दलाल गरी कमाई खाने भाडो बनाएका सरकार र सदनमा बसी नेपाली जनताको रगत चुस्न बानी परेका सत्ताले आफुले बनाएको कानुनको आफैले उल्लघंन गरेका छन् । जसमा क्रान्तिकारी वर्गलाई क्रान्तिकारीका नेता कार्यकर्ता माथि धर पकड गरी झुटा मुद्दा लगाउन थालेका छन् ।
यसरी हिजो १० वर्षाको जनयुद्धको फाइदा लिदै समन्तवादी राजा फालिएपछि नेपाली जनतालाई अन्योलमा पार्दै दलाल पुजीवादी व्यवस्था हावी भएको छ । यसलाई निर्मुल पार्न हिजोदेखि लागि रहेका क्रान्तिकारी फेरी यो व्यवस्थाको विरोधमा लडि रहेका छन् । जसमा आज हिजो देश परिवर्तन भन्नेहरु वा दश वर्ष जनयुद्धका लिडर शिप आत्मा समपर्ण वाद र विर्सजनवादमा गएर दलाल संसदीय व्यवस्था लाध्न थालेका छन् वा जगेना गर्न लागेका छन् । सामन्तवादी राजाको अन्त्य भए पनि दलाल पुजीवाद नोकरशाही विचौलिया भुमाफियाले जमाएका छन् । यसको विरोधमा आज हामी देश भक्त क्रान्तिकारी एक ठाउँमा उभिएर हतकडी लगाएका हाम्रा क्रान्तिकारी नेता कार्यकर्ताको रिहाइ गर्न यो दलाल फासिवाद सरकारको विरोधमा लड्न जरुरी देखिन्छ ।
भने हिजो हाम्रा पुर्खाले बगाएको रगतको सम्मान गर्न आज यी विदेशी लम्पसार वाद सरकार र कम्युनिष्टको नाम वेचेर सरकार र सदनमा पुगेका दलालहरुको अन्त्यको लागि हामी देश भक्त फेरी लड्ने दिन आएको छ । जसमा यी दलालहरुले आफ्नो लुटेर खाएको भाग खोस्न लाग्यो भनेर देश भक्तलाई हिरास – तमा लिने थर्काउन खोज्दै छन । यी दलालको विरोधमा हामी देशभक्तले पनि हाम्रा नेता कार्यकर्तालाई हिराशतमा लिई कार्बाही यातना दिएका छन् । अब हामीले पनि यी दलाललाई हिरासतमा लिई जन- अदालदबाट कार्वाही गरी आज यो दलाल व्यवस्थासँग लड्न क्रान्तिकारी वर्गको हात छ । जसमा यो दलालसंसदीय व्यवस्थाले त्रान्तिका लिडलाई धरपकड गरी आफुले चलाएको दलाल संसदीय व्यास्थाको जगेना गर्न खोज्दै छ । यसवाट हामी क्रान्तिकारी वर्ग पनि यो दलाल संसदीय व्यवस्थालाई उखालेर फाल्न हताेत्साईत नभई लड्न जरुरी छ । जसमा यो व्यवस्थाले आज हाम्रा जुजारु युवालाई समाएर आगोमा घिउ हाल्ने काम भएको छ । यो आगोलाई दन्काई यसको अन्त्य गरी नेपाललाई स्वाधिन राष्ट्र बनाउने कार्यभार हामी क्रान्तिकारीकाे आएको छ।













