ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

होली र रमजानको शुभकामना दिँदै मनाइयो मधेशी एकता समाजको इफ्तार कार्यक्रम


ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, चैत्र १२ गते । विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले युइईको दुबईमा मार्च २५ तारिख अर्थात् चैत्र ११ गते इफ्तार पार्टीको आयोजना गर्यो । पवित्र रामजान महिनाको अवसरमा युएईमा बस्ने मधेशका मुस्लिम समुदायको सम्मानमा एकता समाजले इफ्तार कार्यक्रमको आयोजना गरेको थियो । रमजान महिनामा दिनभरि रोजा अर्थात् अन्न र पानी ग्रहण नगरी व्रत बसेपछि मुस्लिम समुदायले हरेक साँझ विशेष खानपिन गर्ने गर्दछन् जसलाई इफ्तार भनिन्छ । खराब मौसमको बाबजुद इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम समुदायका व्यत्तिहरुको उल्लेखनीय सहभागिता थियो । त्यस अवसरमा भारत र पाकिस्तानका मुस्लिमहरु पनि सहभागी थिए । इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम सहभागीहरुले मुस्लिम समुदायको जालीदार टोपी आआफ्नो टाउकोमा लगाएका थिए ।

त्यस अवसरमा उनीहरुले ह्यापी होली र रमजान मुबारक भन्दै एकअर्कालाई होली र रमजानको शुभकामना दिएका थिए ।इफ्तारका सहभागीहरुले यस्तो कार्यक्रमको आयोजनाले हिन्दु र मुस्लिम समुदायबीच मिलीजुली बस्ने सद्भाव र भाइचाराको सन्देश दिने बताए । कार्यक्रमपछि आफ्नो धारणा राख्दै एक जना सहभागी फैजानले इफ्तार आयोजनाको प्रशंसा गर्दै आयोजक मधेशी एकता समाजलाई धन्यवाद दिनुभयो ।

ADVERTISEMENT

यस्तै, एकता समाजका उपाध्यक्ष शैलेन्द्र कुमार यादवले सबै जाति, भाषा र धर्मभन्दा माथि उठेर समाजले मधेशका सबै जात, धर्म र भाषालाई जोडेर अगाडि बढ्न खोजेको बताउनुभयो । यस्तै अर्का सहभागी फैजलले इफ्तार आयोजनका लागि धन्यवाद दिँदै यस वर्षको होलीको उपलक्ष्यमा शुभकामना दिनुभयो । समाजका वरिष्ठ सल्लाहकार सुरेश कुमार यादवले एकता समाजले आयोजना गर्ने होली र रमजानसम्बन्धी कार्यक्रमले मधेशका सबै जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गरेको धारणा राख्नुभयो ।

त्यसैगरी समाजका निवर्तमान अध्यक्ष कृष्ण ठाकुरले मधेशी एकता समाजका लागि सबभन्दा ठूलो धर्म मानव धर्म भएको बताउनुभयो ।कार्यक्रममा समापन मन्तव्य राख्दै समाजका संस्थापक डा. रविन्द्र कुमार यादवले विभिन्न जाति, धर्म र भाषाको विविधता भएको मधेशमा कहिलेकाही कटुता उत्पन्न हुने गरेको र ती कटुता र टकरावलाई सद्भाव र अपनत्वमा बदल्न एकता समाजले होली र इफ्तारजस्ता कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो ।

युएईको गोल्डेन भिजा प्राप्त गर्ने पहिलो नेपाली समेत रहनुभएका डा. यादवले सन् २०१४ देखि नै एकता समाजले दुबईमा रमजानको अवसरमा प्रत्येक वर्ष इफ्तार कार्यक्रम आयोजना गर्न थालेको जानकारी दिनुभयो । इफ्तार कार्यक्रम सकिएपछि सहभागीहरुले रंग अबिर दलेर यस वर्षको होली पर्व मनाएका थिए । नेपालको काठमाडौँ उपत्यका र पहाडी क्षेत्रमा हिजो अर्थात् चैत्र ११ गते होली मनाइयो भने पुरै तराईमधेशमा आज रंगोत्सव मनाइँदैछ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host