ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

इस्टरको अवसरमा नेपाल स्पोर्टस फेलोसिपको सुसमाचारिय कार्यक्रम सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१९ चैत, काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् । नेपाल स्पोर्टस फेलोसिपले आइतबार पुनरुत्थान (इस्टर)को अवसरमा एक कार्यक्रम आयोजना गर्दै महिला सशक्तिकरण र प्रोत्साहन गर्ने उद्देश्यअनुरूप वाफ महिला च्याम्पियनसिपको उपविजेता महिला फुटबलर खेलाडीलाई सम्मानपत्र र ७५ हजार नगद राशीसहित सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बधाई तथा शुभकामना दिँदै देशमा सम्भावना हुँदा–हुँदै पनि खेलकुद पूर्वाधारको विकास हुन नसक्नु खेलाडी उत्पादनका लागि प्रशिक्षितहरुको खोजी गर्न नसक्नु र व्यवस्थापन हुन नसक्नुले खेलकुद क्षेत्रले सकेको जति सफलता हासिल गर्न नसकेको बताउनुभयो । खेलकुद विकासका लागि देश अगाडि बढ्नसके धेरै सम्भावना बोकेको हुँदा नेपालको खेलकुद क्षेत्र क्रमशः व्यवसायिकतातर्फ उन्मुख हुँदै गएको बताउदैँ उनले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने र यो वस्तुगत धरातललाई आत्मासाथ गर्दै खेलकुद क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बक्सिङ संघका अन्तरराष्ट्रिय निर्देशक तथा एनएसएफका संस्थापक श्याम अवालेले देश संघिय लोकतान्त्रिक गणतन्त्रसहितको धर्मनिरपेक्षता भएकोले व्यक्तिले आफनो धार्मिक आस्थाको अवलम्बन गर्न पाउने स्वतन्त्रता संविधानले समेत ग्यारेन्टी गरेको हुँदा पुनरुत्थान दिवसको अवसरमा आयोजित यस सुसमाचारिय सभाले राष्ट्रमा धार्मिक एकता, मेलमिलाप र शान्तिको सन्देश दिने कुरामा आफू विश्वस्त रहेको बताए ।कार्यक्रममा नेपाल व्याप्तिष सेमिनारीका प्रिन्सिपल डा. जोन नारायण राईले नेपाली चर्चले नेपालको विकास सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा परमेश्वरको राज्यलाई विश्व सामु जित्नुपर्ने बताउनुभयो ।कार्यक्रमका अध्यक्ष वेन्जी थापाले खेलकुदको क्षेत्रबाट चर्चको विकास सम्भव देखिँदै गर्दा खेलकुद विकासका लागि सबै क्षेत्र, समुदायसँग हातेमालो गर्दै देशभर यसलाई अभियानका रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।

एनएसएफका संयोजक लबिस राईले चर्च भित्र खेलकुद क्षेत्रको विकास गर्न सके सामाजिक एकता र सम्वृद्धिको आधारशिला तयार पार्ने हुँदा नेपाली चर्चहरुले खेलकुद विकासका लागि सुसमाचारको रणनीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक रहेको उल्लेख गर्नुभयो । उनले नेपाली चर्च खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब नेपाली चर्चहरु पनि त्यसतर्फ गम्भीर बन्नु पर्ने बताए । कार्यक्रममा गायक राजेश राई इस्टर सम्बन्धी गित र हास्य कलाकार कुमार सुनामले आफनो प्रस्तुती दिएका थिए ।

स्पोर्टस फेलोसिपका अध्यक्ष वेन्जी थापाको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका प्रचण्ड शर्मा र आर्थिक प्रशासन प्रमुख रिखीराम पोखरेल, एन्फाका पदाधिकारी, ओलम्पिक कमिटिका सदस्यहरु, ख्रीष्टियन संघसंस्थाका प्रतिनिधिहरु र खेलकुदका विभिन्न २९ विधाका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार र खेलप्रेमीको बाक्लो सहभागीता रहेको सो कार्यक्रमकोे कुशल संचालन एनएसएफका सचिव प्रकाश पाख्रीनले गर्नुभएको थियो । आजका दिन विश्वभरका इसाई धर्मावलम्बीले इस्टर सन्डे मनाएका आएका छन् । इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रबारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो ।यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका येशू थप ४० दिनसम्म पृथ्वीका रहनुभएको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host