ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित


विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२९ चैत, काठमाडौं। विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित हुनुभएको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई सम्मान अर्पण गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उपाध्यायलाई सम्मान अर्पण गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी ,  रुद्राक्ष/फूलको माला र टीका तथा फूल वर्षासहित सम्मान गरिएको थियो ।

गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा मिलापका सम्पादक कृष्ण भूसालले सम्मानित स्रष्टा डी.आर.को परिचय राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सम्मानित स्रष्टा विश्व कीर्तिमानी सर्जक डा.उपाध्यायले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष कवि राजेन्द्र श्रेष्ठलाई स्वागत सम्मान गरिएको कार्यक्रममा विशेष अतिथिहरू गीतकार संघका अध्यक्ष वसन्त बित्यासी, समालोचकहरू प्रमोद प्रधान र प्राडा गोविन्दमान सिंह कार्की, साहित्य- कारहरू खेमनाथ दाहाल, र लेखनाथ पोखरेलको उपस्थिति थियो । कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, रमेश दाहाल, सुधा शर्मा, रुद्र अधिकारी, नीता श्रेष्ठ, कल्पना खरेल, सुरेन्द्र थापा, गीता अधिकारी, गायक संगीतकार सागर अधिकारी ‘शरद’,लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गुठीकी सदस्य साहित्यकार प्राज्ञ सुभद्रा भट्टराईले गर्नु भएको थियो ।

डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान् युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Santosh Tiwari

Santosh Tiwari

संबन्धित समाचार

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

परिवर्तनको नाममा स्थायी दोहोरावट

अराजकता होइन विवेकपूर्ण परिवर्तनको खाँचो

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host