१३ वैशाख,काठमाडौं।
रामकृष्ण खतिवडा / मकवानपुर जिल्लाको बकैया गाउँपालिका स्थित रिखेश्वर सामुदायिक वनमा भएको वनफडानी र तस्करी विरुद्ध त्यहाँका स्थानीयले २०८१ वैशाख ७ गते दिब्य न्युज (dibaynews.com) च्यानललाई खबर गरी प्रचारप्रसार गर्न आग्रह गरेपछि सोही मितिमा यथेष्ट प्रमाणका आधारमा र मन्त्रालयमा पुगेको उजुरीको आधारमा समाचार प्रकाशन भएको थियो। सोही समाचार प्रकाशन र प्रसारण गरेपछि त्यहाँका केही ठेकेदारका मान्छे गाउँ प्रवेश गरी स्थानीयलाई धम्क्याउने थर्काउने र मिडियामा दिएको समाचार फिर्ता लिन र मन्त्रालयमा दिएको उजुरी पनि फिर्ता लिन धम्की दिने गरेको स्थानीयले बताएका छन्।
सोही सामुदायिक वनमा भएको कटानी र तस्करी रोक्नको लागि त्यहाँका केही युवा मिली वन तथा वातावरण मन्त्रालयसम्म पुगी निवेदन दिएका थिए। निवेदन दिए पश्चात् पनि जंगलको रुख कटानी गर्ने र काटेर राखेको रुखहरू रातारात अन्यत्र सारी तस्कर भइरहेको पनि स्थानीयले बताएका छन्।
२०७७ चैत्र २७ गते नै वन डिभिजन कार्यालय मकवानपुरमा सोही विषयमा निवेदन परेको थियो। र त्यहाँका डेफुले छानबिनका लागि कर्मचारी पठाए पनि त्यो कटानी आजका मितिसम्म रोकिएको छैन अझै मन्त्रालयसम्म पुगी निवेदन दिँदा पनि त्यहाँको वनकटानी र तस्करी रोकिएको छैन हालसम्म ६ हजार भन्दा बढी सालका रुखहरु फडानी र तस्कर हुँदै आएको स्रोतले जनाएको छ। तत्कालीन वन अध्यक्ष मानबहादुर मोक्तान को पालादेखि अहिलेसम्म भएका वन अध्यक्ष र ठेकदार तोकबहादुरको मिलेमतोमा वन समितिको लेटर प्याड प्रयोग गरी अनाधिकृत रुपमा वन फडानी र तस्कर हुँदै आइरहेको पाइएको छ।












