१७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् पुर्व सभामुख अग्नि प्रसाद सापकोटाले प्राकृतिक विपत्त लगायत विविध विपदबाट सुरक्षित रहन र जाेखिम न्युनिकरण एवंम् पुर्व तयारीको लागि सम्बन्धित निकाय र नागरिकहरुलाई जनचेतनामुलक सन्देश मार्फत् जानकारी दिदैं प्रेस विज्ञप्ति निकालेर सबैमा सुसुचित गराएका छन्। प्रेस विज्ञप्तिमा भनिएको छ की – गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको छ, हजारौं नागरिक पीडित हुन पुगेका छन् । त्यसैगरी, देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च बृद्धिका कारण विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर एवं लु चल्दा जीवनयापनमा भारी कठिनाइ उत्पन्न भइरहेको छ । हाम्रो पार्टी, विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै पीडित एवं प्रभावित सबैप्रति गहिरो सहानुभूति प्रकट गर्दछ । हाम्रो पार्टी एवं भातृ संगठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौं । साथै, यस चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण पनि गराउँछौँ ।
विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारी लाई चुस्त बनाउन पालिकाहरुलाई अपिल गर्दछौं । यी र यस्ता विपद्का जोखिमहरु कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रम मार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौं । त्यसैगरी, विपद्जन्य अवस्थामा गर्नु पर्ने उद्धार तथा राहतका लागि पालिकाहरुलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा सङ्घीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छौं । यसका साथै, विपद् जोखिमहरूबारे जानकारी लिन, त्यस्ता विपद्का जोखिमहरू न्यूनीकरण गर्न तथा तिनको व्यवस्थापनका उपायहरु-बारे सचेत रही आवश्यक परेका बेला अग्रसर हुन सबै नागरिकमा अपिल गर्दछौं । प्रेस विज्ञप्तिको पूर्णपाठ उल्लेख गरिसकेको छ-