राजन थापा,२६ जेठ _ काठमाडौँ। नेकपा एमाले धनगढीमा अध्यक्ष अम्बिका बिष्ट निर्वाचित भएकी छिन्। सुदूरपश्चिम प्रदेशकाे एकमात्र उपमहागरपालिका धनगढीले एमाले महिला नेतृत्व निर्वाचित गरेको छ, जसमध्ये बिष्टले दुई उम्मेदवार पछि पार्दै १२८ को फराकिलो मतान्तरले आफ्नो जित निकालेकि हुन् । बिष्टसँग कमलसिंह राणा र मदन रेग्मीले प्रतिस्पर्धा गरेका थिए त्यसमध्ये राणाले ६९ र रेग्मीले ४७ मत प्राप्त पाए। उपाध्यक्षमा पर्वत चौधरी निर्वाचन भएका छन्। भने सचिवमा चन्द प्रकाश जाेशी, उपसचिवमा सरस्वती चन्द र जनक ढकाल निर्वाचत भएका छन् ।बिस्ट भन्छिन् याे हाम्रो उपमहानगर पालिकाले महिला नेतूत्व पाएकाे पहिलोपटक हाे हामी सबै मिलेर अगाडि बढ्नु जरुरत छ ,याे जित मेराे मात्र नभै हामी सबै धनगढी उपमहानगर पालिकाका आमा बुवा दाजुभाइ दिदिबहिनी सबैकाे हाे । उनकाे भनाइ अनुसार सबै जना मिलेर अगाडि बढ्नुपर्छ । सानैदेखि राजनितीक जीवन बिताएकि बिष्टले सामाजिक काममा पनि अतिनै रुचि राख्छिन् उनलेे भुकम्प काेराेनाकाे समय मा नेपालका बिकट बिकट ठाउँमा गएर सेवा गरेकि छिन् ।
नेकपा (एमाले )धनगढी उपमहानगरपालिकाको दोस्रो नगर अधिबेशनबाट लोकतान्त्रिक प्रणाली द्वारा निर्वाचित नयाँ नेतृत्व तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आज भब्यताका साथ सम्पन्न भएको छ।
अधिबेसनमा भाग लिइ आफ्नो अमुल्य मत दिएर हामीलाई यस उपमहानगरपालिकाको कार्यभार दिनुहुने सम्पूर्ण प्रतिनिधि ज्युहरु,अधिबेशन सफल पार्न अहोरात्र खट्नुहुने निबर्तमान अध्यक्ष,सचिव लगायत सम्पूर्ण टिम,अध्यक्ष मण्डल,निर्वाचन समिति ,पत्रकार तथा सम्पुर्ण पार्टीपंक्ति नेतागणहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। नेतृ बिष्टले आभार प्रकट गरेकी छन्।













