सन्तोष प्रसाद तिवारी ।
१८ भदौ ,काठमाडौं । महिला विकास संघ नेपालकाे आयाेजना र राष्ट्रिय वाणिज्य बैंक लि.काे साझेदारीमा तिज कार्यक्रम गरिएको छ । काठमाडौंकाे कुलेश्वर स्थित बर्गर हाउसमा विविध कार्यक्रमका साथ औपचारिक रुपमै तिज कार्यक्रम गरिएको हाे। हिन्दु महिलाहरुकाे महान चाड हरितालिका तिजमा शुभकामना आदानप्रदान सहितकाे कानुनी परामर्श सम्बन्धि जानकारी समेत गरिएको छ। कानुनी परामर्शकाे लागि अधिवक्ता सविन पाेखरेलले प्रशिक्षण दिएका थिए।
‘ त्यस्तै अधिवक्ता पाेखरेलले प्राजेक्टरकाे सहयोगबाट प्रशिक्षणमा सहभागी महिलाहरुलाई फाैजदारी कानुन र देवानी कानुन बिचकाे भिन्नतालाई पस्ट्याउदै,त्यसकाे आवश्यकता र प्रयाेग सम्बन्धि जानकारी दिए।
वर्षैपिच्छे मनाँईदै आईरहेकाे हरितालिका तिज याे वर्ष अलिक भिन्न किसिमले मनाएको पाईन्छ । यस तिज कार्यक्रममा जनचेतनामुलुक र सन्देश मुलुक किसिमले महिला हक अधिकार ,कानुन,महिला बेचबिखन ,घरेलु हिंसा, महिला हिंसा,लैङ्गकि अल्पसंख्यक (समर्पण समाज भन्ने संस्था) लगायतका सम्बन्धि कानुन सम्बन्धिका अन्तर्क्रियात्मक कार्यक्रम गरिँदै अगाडि बढाईकाे थियोे ।












