सोमबार, भदौ २५,। बोदे बर्साईन – थारु कल्याणकारिणी सभा (थाकस)को दोस्रो औं बोदे बर्साईन नगर सभा अधिवेशनबाट अध्यक्षमा चन्द्र कान्त चौधरी निर्वाचित भएका छन्। सप्तरीको बोदे बर्साईन नगरपालिकामा थारु कल्याणकारिणी नगर समिति सोमबार बोदे बर्साईन घर्मशालाको प्राङ्गणमा गठन भएको छ । चन्द्र कान्त चौधरीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो ।
थारु कल्याणकरिणी सभाका पुर्व बोदे बर्साईन नगर सभापति राम प्रसाद चौधरीको अध्यक्षता तथा खडक नगरपालिकाकी नगर उप प्रमुख रिता कुमारी चौधरीको प्रमुख अतिथ्यता र थारु कल्याणकरिणी सभाका केन्द्रिय पार्सद तुलसी थारु , आदिवासी जनजाती महासंघ सप्तरीको पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी , थारु कल्याणकरिणी पुर्व उपसभापति भुपेन्द्र कुमार चौधरी , थारू कल्याणकरिणी सभाका जिल्ला सल्लाहकार सदस्य निरजन चौधरीको विशिष्ट अतिथ्यतामा तथा थारु कल्याणकरिणी सभाका जिल्ला सचिव पुर्षोतम चौधरीको अतिथिमा कार्यक्रम भएको थियो ।
बोदे बर्साईन नगर समितिको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परे पनि सर्वसहमतीमा नयाँ कार्य समिति चयन गरेको थारु कल्याणकारिणी सभाका बोदे बर्साईन नगरका पुर्व अध्यक्ष राम प्रसाद चौधरीले जानकारी गराउनुभयो । उक्त कार्यक्रममा थारु समुदायका अग्रज, समाजसेवी, पत्रकार, कलकार , वर्तमान जनप्रतिनिधि बैजनाथ चौधरी चौधरी , पुर्व जनप्रतिनिधि रामानन्द चौधरी , सेवा निबित कर्मचारी लगायत जेठ् नागरिकलाई समान गरिएको कार्यक्रमका उध्घोसक पुर्व अध्यक्ष राम प्रसाद चौधरीले बताए ।