काठमाडौं । (RSDC) आरएसडीसी लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार “कात्तिक १ गते” बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुने जनाएको छ ।