२ कार्तिक, काठमाडौं । ‘सेवा नै धर्म हो’ भन्ने मान्यता बोकेकी रोल्पाली चेली फाउण्डेशन कि अध्यक्ष यमकला के.सी. दशैंको कोजाग्रत पूर्णीमा कार्तिक १ गतेको दिन शंंखरापुर नगरपालिका बडा नं. ६ स्थित सलम्बुटारमा रहेको द्धन्द पिडित तथा अपांग समाज नेपालका बालबालिकालाई टिका लगाई दक्षिणा दिई फलफूल खुवाएकी छिन् । उनीसँग समाजसेवी तथा बरिष्ठ पत्रकार राजन थापा समेत सहभागी भएका थिए । थापाले विभिन्न सहयोगी मन भएका दाता तथा समाज- सेवीहरुलाई यो अपाङ्ग समाजमा विगत लामो समय देखि पुर्याउने गरेका छन् । द्धन्द पिडित तथा अपाङ्ग समाज नेपालका अध्यक्ष युवराज थापा वैरागीलाई फेरी आफुले बालबालिकाहरुलाई भविष्यमा पनि थुप्रै सहयोग गर्ने कुरा बताइन् । द्धन्द पिडित तथा अपाङ्ग बालबालिकाहरुलाई सहयोग गर्ने उनमा विशेष रुचि छ । यमकला त्यहाँ पुग्दा बालबच्चाको अवस्था देखेर भावुक बनेकी थिइन् । उनी अपाङ्ग बालबालिकासँग नाचगान गरेर समेत रमाएकी थिइन ।
द्वन्द्व पडिति तथा अपाङ्ग समाज नेपाल देशको प्रमुख प्रशासकिय भवन ‘सिंहदरवार’ करिब १६ किलाे मिटर उत्तर पुर्वमा रहेको छ । समाजका अध्यक्ष युवराज थापा ‘बैरागी’ आफूपनि पूर्ण अपाङ्ग छन् । उनको कम्मर चल्दै चल्दैन । तर उनले विगत दुई दशकदेख विभिन्न अपाङ्ग तथा द्वन्द्व पडिति बालबालकिाहरुको लालनपालन, औषधि उपचार तथा शिक्षा दिक्षा गराईरहेका छन् । यो समाजमा अहिले ५३ जना बालबच्चा, आफू र बालबच्चा रेखदेख गर्ने आमाहरु र कर्मचारी सहित ६३ जना रहेका छन् । विभिन्न सहयोगी मन भएका व्यक्तिहरु तथा दाताहरुबाट बालबालिकाको खर्च जुटाईरहेका छन् । उनी भन्छन्, राज्यले वार्षिक रुपमा ०७३ सालबाट ५ लाख दिइराखेको छ तर त्यसले एक छेउ पनि पुग्दैन । स्थानीय निकायको हामीलाई कुनै सहयोग गरेको छैन । समाजसेवी तथा पत्रकार राजन थापाले हामीलाई सहयोगको वातावरण जुटाइरहनु भएको छ । आफूबसेको यो ठाउँ अब ०८२ जेठ देखि छोड्नु पर्ने अवस्था छ । यी द्वन्द्व पडिति बालबच्चहरु अब कहाँ लगेर कसरी व्यवस्थापन गरौं भन्ने चिन्ताले पिराेलेको छ । उनी मिडियाकर्मीलाई दुखेसो व्यक्त गर्छन् । उनी भन्छन् कुनै राम्रो ठाउँ कुनै निकायले हामीलाई दलिाउने हो भने त्यहाँ हामी भबन बनाउन हिम्मत गर्छौं।
यमकला एकदमै सरल महिला हुन् । उनमा कत्तिपनि घमण्डपन छैन। उनको सानै देखि समाज सेवामा रुचि थियो । विगत दुई दशक देखि विभिन्न समाज सेवामा उनि सक्रिय छिन् । भूकम्प, कोरोनामा उनले थुप्रै पिडित परिवार, असाहाय, गरिब , अपाङ्गहरुलाई सहयोग गरेकी थिइन् । यद्यपि उनी आफुले गरेको सहयोग लुकाउन खोज्छिन् । यमकलाले बि.सं २०८० सालमा ‘रोल्पाली चेली फाउण्डेशन’ खोली विभिन्न सामाजिक कार्यहरुमा सक्रिय छिन् । यो फाउण्डेशन मार्फत उनले अनाथ बालबालिका ,बृद्धा आश्रमका बुढाबुढीहरुलाइ सहयोग पुर्याउदै आएकी छिन् । त्यति मात्र होइन विभिन्न महिलाहरुलाइ सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउदै आएकी छिन् । उनले फाउण्डेशन मार्फत नेपाल सरकार, विभिन्न बाह्य निकाय बाट पनि सहयोग जुटाई समन्वय गरि उदाहरणीय काम गरेकी छिन् ।
उनले आफ्नाे गृह जिल्लामा खुङ्री गाउँपालिका अन्तर्गत भव्य बृद्धा आश्रम बनाउँदै छिन् । पर्यटकिय हिसाबले पनि त्यो निर्माणस्थल भविष्यमा निकै महत्वपूर्ण हुने ठानिएको छ । उनी समाज सेवामा जति अब्बल छिन् । त्यति नै गायनमा बेजोड छिन् । हालै तिजको नजिक गायिएको गीत ‘ शिवजीको नाम’ अहिले निकै चर्चामा छ । यो गीतमा गायन ,नृत्य र शब्द सबै उनको रहेको छ । समाजसेवा र गायनमा मात्र होइन खेलप्रति पनि उनको त्यतिकै रुचि छ । उनी ताइक्वान्दो खेलाडी हुन् । खेलले मानिसलाई अनुशासित बनाउने उनको धारणा छ । खेलको माध्यमले देशलाई विश्वमा चिनाउने काम गर्दछ उनी भन्छिन् । उनी कुनैपनि राजनितिक दलमा आबद्ध छैन । यद्यपि सबै राजनीतिक दलका नेताहरु संग उनको सहकार्य छ । भविष्यमा उनी राजनीतिक माध्यमबाट समेत समाज/देशको सेवा गर्ने इच्छा जाहेर गर्छिन् । राजनीति भनेको सेवा र त्याग हो । तर यहाँ राजनीतिलाई फोहोरी बनाइयो उनी भन्छिन् ।