ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

पत्रकारहरूसँग राष्ट्रपतिको आग्रह, विद्यार्थी विदेशिने प्रवृत्ति रोक्न कलम चलाउनुहोस्


पत्रकारहरूसँग राष्ट्रपतिको आग्रह, विद्यार्थी विदेशिने प्रवृत्ति रोक्न कलम चलाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी विदेशिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै टाट पल्टिने उनको भनाइ थियो । मंगलबार शिक्षा पत्रकार समूहले बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति पौडेलले १२ सक्न साथ विद्यार्थी विदेशिने अवस्था हटाउनु पर्ने बताएका हुन् । समूहले विदेशिएका विद्यार्थीहरू पढाइ सकेर स्वदेश नआउने अनि यताबाट चाहिँ ठूलो लगानी गरेर कक्षा १२ र स्नातक गरिदिनुपर्ने, उता हाम्रा युवा जनशक्ति विदेशीकै सेवामा रहिरहनुपर्ने विडम्बना अहिले देशले भोगिरहनुपरेको यथार्थबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो । त्यसको प्रत्युत्तरमा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।

ADVERTISEMENT

‘शहरका विद्यार्थी विदेशिने र गाउँका विद्यार्थी शहर जाने प्रवृत्ति बढ्दा गाउँका विद्यालयहरु रित्तिएको अवस्था छ ।’ राष्ट्रपति पौडेलले भने, ‘विद्यार्थी अभावमा गाउँका विद्यालयहरु आपसमा खप्टिनुपर्ने अवस्था छ, विद्यार्थीहरु खर्च गर्दै विदेशिनु दुर्भाग्यपूर्ण छ ।’ विद्यार्थी विदेशिने अवस्था रोक्न सरकारलाई घचघच्याउन र खबरदारी गर्न शिक्षा पत्रकार समूहलाई उनको आग्रह थियो । स्वर्ग जस्तो सुन्दर देश नेपाल सबै मिलेर सम्पन्न बनाउनुपर्ने भन्दै राष्ट्रपति पौडेलले जनशक्तिको विदेश पलायन रोक्न सबै लाग्नुपर्ने बताए । यस्ता विषयमा सरकारलाई खबरदारी गर्ने विषयमा शिक्षा पत्रकारहरुका कलम चल्नुपर्नेमा उनको जोड थियो । शिक्षा पत्रकार समूहले विद्यालय शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो संसदबाट अनुमोदन, सार्वजनिक विद्यालयको सिकाइ उपलब्धि सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, विद्यालयको पहुँच विस्तार, संविधानः निशुल्क र अनिवार्य शिक्षाको कार्यानवयन लगायतका लागि चासो र पहलकदमी लिइदिन राष्ट्रपतिलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सोही अवसरमा समूहले विगत २४ वर्ष देखिका टेकोले धानेको घर, कसीमा निजी विद्यालय, शिक्षाका चार मुद्दा, चित्र विचित्र, विद्यालयमा माध्यम भाषा, शिक्षाका सारथीलगायत दर्जन बढी आफ्ना प्रकाशनहरु राष्ट्रपतिलाई हस्तान्तरण गरेको थियो । रजत वर्ष र नयाँ कार्यसमिति चयन भएको अवसरमा समूहका नवनिर्वाचित अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा समूहको टोलीले मंगलबार राष्ट्रपति निवास पुगेर राष्ट्रपति समक्ष समसामयिक शिक्षासम्बन्धी ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । टोलीमा समूहका नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्ष जनक नेपाल, उपाध्यक्ष नवराज चालिसे, महासचिव रोशन क्षेत्री गाउँले, सचिव प्रज्ञा तिमल्सिना, कोषध्यक्ष सबिना बानिया, सदस्यहरु संजीप घिमिरे शुभचिन्तक, रोजिना थापा कार्की, अमृता बुढाथोकी, पूर्व अध्यक्ष सुदर्शन सिग्देल, सदस्यहरु ओमप्रकाश घिमिरे, उमेश पोखरेल लगायत सहभागी थिए ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

नवजागरण एकेडेमी र आमा हस्पिटलबीच ऐतिहासिक सहकार्य सम्झौता

नवजागरण एकेडेमी र आमा हस्पिटलबीच ऐतिहासिक सहकार्य सम्झौता

प्रदेश प्रमुखद्वारा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थालाई जग्गादान गर्ने माझी दम्पतीलाई सम्मान

प्रदेश प्रमुखद्वारा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थालाई जग्गादान गर्ने माझी दम्पतीलाई सम्मान

वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी

वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host