ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

Right share निष्काशनका लागि सात बीमा कम्पनी नेपाल धितोपत्र बोर्डको अनुमतिकाे पखाईमा


धितोपत्र बोर्डले सामाजिक सञ्जालबाट सेयर बजार सम्बन्धि अफवाह फैलाउनेलाई कार्बाहि गर्ने-
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । Right Share ( हकप्रद शेयर ) निष्कासनका लागि सात बीमा कम्पनी नेपाल धितोपत्र बोर्डको अनुमतिकाे पखाईमा । हकप्रद (Right) शेयर निष्कासनका लागि सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ, एसियन लाइफ, प्रभु इन्स्योरेन्स र नेको इन्स्योरेन्स पखाईमा रहेका हुन्। गत असोज ११ गते दुईवटा बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको थियो। अनुमति पाउनेमा लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी नेपाल) र एनएलजी इन्स्योरेन्स कम्पनी छन्। एलआईसी नेपालले हालको चुक्तापुँजीको १ः०.८८४५ अनुपातमा अर्थात ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। अब यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्नेछ। एलआईसी हकप्रद बिक्री प्रबन्धकमा नेपाल एस बी आई मर्चेन्ट रहेको छ।
एलआईसीले हकप्रद निष्कासनको मिति भने तय गरेको छैन। यसैगरी एनएलजी इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजी ६२.५६ प्रतिशत अर्थात १ः०.६२.५६ प्रतिशत हकप्रद शेयर ल्याउने अनुमति पाएको छ। कम्पनीले अब १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर बिक्री खुला गर्दैछ। एनएलजी इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ। कम्पनीले आउँदो मंसिर ११ गतेदेखि हकप्रद बिक्री खुला गर्दैछ। नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने तोकेको छ। कतिपय बीमकहरुले बोनस र हकप्रद जारी गरेर चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ। लामो समयदेखि खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन नसक्दा सार्वजनिक निष्कासन रोकिएको थियो। यही कारणले प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन हकप्रदको अनुमति मागेका बीमा कम्पनीहरु सकसमा परेका थिए। अब भने हकप्रद शेयरको अनुमति दिन थालेपछि बीमा कम्पनीहरुलाई राहात भएको छ।
अझै पनि धितोपत्र बोर्डको पाइपलाइनमा ७ वटा बीमा कम्पनीको हकप्रद अनुमतिको पर्खाइमा छन्। अनुमति पर्खाइमा रहेका बीमा कम्पनीमा जीवनतर्फ एसियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स छन् भने निर्जीवनतर्फ प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र नेको इन्स्योरेन्स छन्।

जीवन बीमातर्फ एसियन लाइफले चुक्तापुँजीको ४५ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। यसैगरी सन नेपाल लाइफले चुक्तापुँजीको २७ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। प्रभु महालक्ष्मी लाइफले पनि चुक्तापुँजीको १७ प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ। धितोपत्र बोर्डको अनुमतिमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। त्यस्तै निर्जीवनतर्फ प्रभु इन्स्योरेन्सले चुक्तापुँजीको ५०.१५ प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ। अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।नेपाल इन्स्योरेन्सले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ। धितोपत्र बोर्डको अनुमतिमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ। नाइटेड अजोड इन्स्योरेन्सले भने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद ल्याउन धितोपत्र बोर्डको अनुमति मागेको छ। यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

नेको इन्स्योरेन्सले चुक्तापुँजीको २५ प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ। धितोपत्र बोर्डको अनुमतिमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद जारी गर्नेछहकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। बीमा कम्पनीबाहेक दुई हाइड्रोपावर कम्पनीले पनि हकप्रद निष्कासनको अनुमति पाएका छन्। लिबर्टी इनर्जीले धितोपत्र बोर्डबाट चुक्तापुँजीको १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर जारी गर्न गत असोज २३ गते अनुमति पाएको हो। हकप्रद शेयर बिक्रीबाट कम्पनीले ७५ करोड रुपैयाँ संकलन गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।उता बलेफी हाइड्रोपावरलाई धितोपत्र बोर्डले गत कात्तिक ४ गते हकप्रद शेयर जारी गर्ने अनुमति दिएको थियो। कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले कुल १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर कम्पनीले जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ। बीमा कम्पनीसहित  अन्य १९ कम्पनीको हकप्रद शेयर पनि धितोपत्र बोर्डको पाइप लाइनमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल बैंक र दराजबीच अनलाइन भुक्तानी सेवा सम्झौता बैंकका ग्राहकलाई विशेष छुट

नेपाल बैंक र दराजबीच अनलाइन भुक्तानी सेवा सम्झौता बैंकका ग्राहकलाई विशेष छुट

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

बैंकिङ नाफा संकटको भित्री कथा तरलता लगानी र नीतिगत असन्तुलनको प्रभाव

सुन्दरहरैंचा सहकारीमा नयाँ कार्यसमिति गठन

सुन्दरहरैंचा सहकारीमा नयाँ कार्यसमिति गठन

शंखरापुरको सम्भावना र समृद्धि सबै स्थानीयलाई धनी बनाउने उपाय

शंखरापुरको सम्भावना र समृद्धि सबै स्थानीयलाई धनी बनाउने उपाय

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा हुने

कृषि विकास बैंककाे १३% लाभांश घोषणा

नेपालकाे सडक दुर्घटना र यसको रोकथामकाे उपाय

नेपालकाे सडक दुर्घटना र यसको रोकथामकाे उपाय

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host