काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश प्रस्तावसहित मंसिर २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान साढे ९ बजे सुरु हुनेछ । सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (करसहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले मंसिर १२ गते बुक क्लोज गरिसकेको छ । मंसिर ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।