काठमाडौं । नबिल बैंकको वार्षिक साधारण सभा बस्ने भएको छ । बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा बस्ने विज्ञप्तिमार्फत् जनाएको छ । साधारण सभाकाे लागि बैंकले मंसिर १० गते बुक क्लोज गरिसकेको छ । जस अनुसार मंसिर ९ गते सम्म कायम रहेका सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष २०७९–८० मा भने यस बैंकले ११% नगद लाभांश वितरण गरेको थियो ।