ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल नागरिक उड्डयन प्राधिकरणकाे २६ औँ वार्षिकोत्सव


इन्धनको मूल्य घटेलगतै हवाई भाडा पनि घट्याे-
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

 

काठमाडौँ । सन् २०२४ को नोभेम्बरसम्म देशका ३ वटा अन्तरराष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना यात्रुले हवाई यात्रा गरेका छन् भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आवमा सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख गरेको छ।मंगलवार काठमाडौँमा प्राधिकरणको २६औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्यांक प्रस्तुत गर्दै प्राधिकरणले गत आवमा ​१४ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ कुल आम्दानी गरेको जानकारी दिए । प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत् आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताए।

ADVERTISEMENT

सन् २०२३ को नोभेम्बरसम्म ती ३ वटा विमानस्थल बाट आवागमन गर्ने अन्तरराष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेको थियो। जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए। उनले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन्। सन् २०२३ कोभन्दा यो संख्या करिब १३ प्रतिशतले वृद्धि भएको छ। सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए। नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाईन्स एयर इण्डियामा मर्ज भएपछि २८ मा झरेको छ। नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको महानिर्देशक अधिकारीले बताए। जसबाट कुल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको बताए। हेलिकप्टरको हकमा सन् २०२४ को हालसम्म नियमित हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्रबाहेक) करिब ४५ सय वटा उडान भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ्ग तथा यात्रु चार्टर उडानमा १ हजार १२० उडान सञ्चालन भएको बताए।महानिर्देशक अधिकारीले गत आव ०८०/८१ मा प्राधिकरणले गरेको १४ अर्ब ७१ करोड ३८ लाख आम्दानीमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख छ भने ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख रहेको छ।

गत वर्ष पुँजीगततर्फ सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको जानकारी दिए। उनकाअनुसार कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च १ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ। महानिर्देशक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सीमित क्षेत्रफलको अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिइ क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तरराष्ट्रिय वायुयान राख्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सीवे निर्माण जारिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

स्टक ब्रोकर एसोसिएसनद्वारा अर्थमन्त्रीलाई ६ बुँदे सुझावपत्र

स्टक ब्रोकर एसोसिएसनद्वारा अर्थमन्त्रीलाई ६ बुँदे सुझावपत्र

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमद्वारा पेट्रोलियम मूल्यमा पुन वृद्धि

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host