दिपक योगी – १७ पाैष, काठमाडौं । एमाले पार्टीबाट साधारण सदस्य समेत नरहेका भिम रावलले पत्रकार सम्मेलन गरेका छन्। पार्टीका वरिष्ठ नेता पार्टीका पूर्व उपाध्यक्ष नेपाल सरकारका पूर्व उप-प्रधान तथा गृहमन्त्री र रक्षामन्त्री समेत भइसक्नु भएका नेता भीम रावलले आज २०८१/९/१७ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंकेटमा पत्रकार सम्मेलन गर्नुभएको हाे। उहाँले सम्मेलन बाटै थुप्रै पार्टी भित्रका नराम्रा र गलत कुराहरूकाे बारेमा अवगत गराउनु भयाे । रावलले भन्नुभयो एमालेको १० औं महाधिवेशनमा तत्कालीन पार्टी अध्यक्ष एवम् बर्तमान प्रधानमन्त्री केपी ओलीकाे प्रतिस्पर्धामा पार्टीको अध्यक्ष पदमा आफुले उम्मेद्बारी दिएकाे र जसमा धेरै मतको अन्तरालले अध्यक्ष ओली सँग हारेका बताए ।तर त्यतिबेला देखिनै ओलीले आफुमाथी षड्यन्त्र पुर्बक पार्टी भित्र बस्न नदिन र पार्टीबाट निकाल्न धेरै प्रयास गरेको र अहिले आएर पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको बताउनुभयो ।
रावल भन्छन् , महाधिवेशनमा दम्भ र निषेधको नीति ओलीले लिएको बताउँछन् । ओलीसँग समय मिलाउन कतिको वार्ताको प्रयास गरे ओलीको दम्भ निषेधले भने मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्याे,पार्टीले प्रतिक्रियावादी होइन र निरंकुशताको झल्को दिँदैन र नेकपामा द्वन्द चर्काउने केपी ओली पार्टी गतिविधिमा निषेध गरियो,ओलीले थुप्रै जवाफ दिनुपर्छ उनले भने । त्यस्तै भ्रष्ट अनैतिक बिचौलिया र दलहरूसँग पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले चाहिँ माधव नेपाल र झलनाथ खनालसँग अध्यक्ष पदमा किन प्रतिस्पर्धा गरेको भनेर प्रश्न गरेका छन् ।
रावलले रास्वपा नेता रबी लामिछानेको कुरा उठाउँदै रबि माथि पनि षड्यन्त्र पुर्बक फसाउन खोजेको बताए । साथै रावलले आफ्नै पार्टी एमालेका धेरै अरु ठुला नेताहरूको समेत आलोचना गरेका छन । अब नयाँ पार्टी खोल्ने योजनामा समेत रहेको एक संकेत दिनुभएकाे छ। रावले करिब ३५ पाना बराबरको बुँदाकाे प्रतिवेदनमा छपाईएकाे आफ्नो राजनीतिक जिबन र पार्टी भित्रको संघर्ष, बारे अहिलेसम्म आइपुग्दाको सम्पुर्ण कुराहरू छर्लङ्ग खुलाउनु भयाे। रावलको पत्रकार सम्मेलनमा उनका समर्थकहरुको र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियोे र अन्तिममा पत्रकार सम्मेलन सकेर रावल बाहिर निस्किदा उनका समर्थले केपी ओली मुर्दाबाद ,ओली चोर देश छोडको नारा लगाएर परिक्रमा समेत गराएका थिए।