ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

एक्टर टेक वनको ग्रान्ड प्रिमियर


एक्टर टेक वनको ग्रान्ड प्रिमियर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१५ माग, काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ ।  झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो ।
यस चलचित्रका अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्री द्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । आकर्षक तरिकाले हल रहेको भवनको पाँचौँ तल्लामा पुग्दा पत्रकारहरू र अन्य पाहुनाहरूको भिड थामिनसक्नु देखिएको थियो । हाल विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त भिडियोहरू भाइरल छन् ।

नेपाली चलचित्र क्षेत्रका कलाकारहरू सहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो । यो सङ्ख्याले यस चलचित्रप्रतिको उच्च प्रतीक्षालाई पनि झल्काएको छ । सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’को प्रिमियरको लागि यस चलचित्रका अभिनेता कोइराला अमेरिका देखि दुई दिनअघि मात्र नेपाल आएका थिए ।

ADVERTISEMENT

यस चलचित्रको प्रिमियर निकै उत्साहजनक क्षण बन्न पुगेको प्रतिक्रिया प्राप्त भइरहेका छन् । प्रिमियरमा चलचित्र हेरेपछि उपस्थितले यसको विषयवस्तु, प्रस्तुतिमा नयाँपन तथा कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका छन् । समग्रमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको यस चलचित्रका निर्देशक राजन भुसालको व्यापक तारिफ भएको छ । यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो ।

यस चलचित्रले प्रिमियरमा प्राप्त गरेको प्रतिक्रियाको आधारमा यसले नेपाली चलचित्र उद्योगमा नयाँ तरङ्ग ल्याउने विश्वास गर्न सकिन्छ साथै प्रदर्शनपछि पनि दर्शकको मन जित्ने प्रबल सम्भावना देखाएको छ । निर्माण पक्षले ‘एक्टर: टेक वन’लाई नेपाली चलचित्र उद्योगमा फरक छाप राख्ने र दर्शकको ठुलो साथ पाउने अपेक्षा गरेको छ । यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सरोकारवालासँग छलफल गरेर मात्रै होटलमा एम्आरपी लागू गर्न नेपाल उद्योग व्यापार महासंघको माग

सरोकारवालासँग छलफल गरेर मात्रै होटलमा एम्आरपी लागू गर्न नेपाल उद्योग व्यापार महासंघको माग

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

NIMB बैंकका CEO पक्राउ

NIMB बैंकका CEO पक्राउ

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

सरकारका ४ महत्वपूर्ण निर्णय कार्यविभाजन नियमावली ई सुशासन र भूमि नियम संशोधन स्वीकृत

प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host