ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव


शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

पोखरा, माघ २३ । पोखरा महानगरपालिका, वडा नं. ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३० वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गरे । उनले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताउँदै सुवेदीले वडा नम्बर ३० को नमुना विद्यालयका रूपमा शान्ति आविको विकास भएको हेर्न चाहेको धारणा राखे । कार्यक्रममा शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले विद्यालयको विकासका लागि शैक्षिक र व्यवस्थापकीय नेतृत्वको समर्पणभाव हुनुपर्ने उदाहरण शान्ति आविले प्रस्तुत गरेको बताए । उनले विद्यालयको प्रगति यही गतिमा हुँदै गएमा शान्तिले आफूलाई छिटै आविबाट माविमा परिणत गर्ने दिन आउने आँकलन गरे ।

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए । उनले विद्यालयले विभिन्न असल अभ्यास गर्दै आएको विवरणसमेत प्रस्तुत गरे । वि. सं. २०१३ मा स्थापित विद्यालयमा हाल कक्षा ८ सम्म २०१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कडेलले जानकारी दिए । वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य विनोदप्रसाद लामिछानेले शान्ति आधारभूत विद्यालय वडा नम्बर ३० को गौरव भएको बताए । उनले विद्यालयको विकासका लागि आफू जुनसुकै त्याग र पहल गर्न तयार रहेको भनाइ राखे । कार्यक्रममा शान्ति आवि वर्ष सम्मान २०८१ बाट शिक्षकहरू मेनसुबा गुरुङ र सरस्वती गौतमलाई सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयलाई विभिन्न सहयोग गर्ने भरत सुनार, सरुण गुरुङ,  मीना सुवेदी, माया रानाभाट, भुवानीप्रसाद सुवेदी र कविता भुसाललाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा महिला नेतृ विन्दुकुमारी भण्डारीले ५५ हजार रुपियाँको छात्रवृत्ति अक्षयकोषका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीलाई चेक हस्तान्तरण गरिन् । उनले कोषमा समयअनुकूल रकम थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालयका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष नन्दबहादुर गुरुङ, नवज्योति सनत दुर्गा आविका प्रअ लीलामणि त्रिपाठी, कालिका मावि, पोखरा ३३ का प्रअ रुपिन्द्र प्रभावी, अभिभावक उत्तम तिवारी, नेकपा माओवादी वडा नं. ३० का उपाध्यक्ष जीवन ढकाल, विद्यार्थी दिया नेपालीलगायतले शुभकामना दिएका कार्यक्रममा विव्यस सदस्य गङ्गाराम तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका विमला शर्माले गरेकी थिइन् । २०८० को वार्षिक शैक्षिक पुरस्कार, टीकाराम बास्तोला छात्रवृत्ति, खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host