ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

१३ देशको सहभागितामा सर्वनाममा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु


१३ देशको सहभागितामा सर्वनाममा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
१५ फागुन ,काठमाडौं । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा चैत १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ । “शान्तिको लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण“ मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जनबढी नाटकहरु प्रदर्शन हुनेछन् । नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा गरि १३ ओटा नाट्यप्रशिक्षण तथा कार्यशालाहरु पनि सञ्चालन हुनेछन् । प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरुले गराउनेछन् ।
पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समुहद्वारा कार्यशालाहरु सञ्चालन हुनेछन् । तेस्रो दिन फ्रान्सेली नाट्य निर्देशक मेक्सिम सिसड, दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताईवानी थिएटरहरु असाइनमेन्ट र स्पेश थिएटर तथा चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला रहनेछ । अन्तिम दिन सिङ्गापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समुह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समुहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गर्नेछन् । सबै कार्यशालाको समयावधि ३ घण्टाको रहनेछ र कार्यशालामा सहभागी हुनको लागि ५०० टिकटदर तोकिएको छ ।
हङकङका मोक च्यू अगष्टाइन, सर्वनाम थिएटरका निर्देशक अशेष मल्ल तथा विश्वमा मानवअधिकार, समानताका लागि समर्पित रंगकर्मीहरुको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो । विश्वमा प्रजातन्त्र र लोकतन्त्रका लागि आवाज उठाउदैँ आएको रंगकर्मीको समूह र नेपाल जस्तो पवित्र भूमिमा महोत्सव आयोजना गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको महोत्सवका सहअध्यक्ष मोक च्यूले बताए । सयौँ रंगकर्मीको जमघटले रंगकर्मीको सिर्जनाशिलतामा अझै निखार ल्याउने साथै महोत्सवमा हुने वर्कसप तथा छलफल तथा संवादले बैचारिक दृष्टिकोणमा समेत निखार ल्याउन सक्ने उनले बताए ।
यो महोत्सवले कुनै पनि देशको प्रतिनिधित्व गर्ने नभई, देशभित्र रहेका मानिसहरुको कला, संस्कृति, रहनसहन, रितिरिवाज, परम्परा, पहिचान आदिको प्रतिनिधित्व गर्ने सर्वनामका निर्देशक तथा महोत्सवका सहअध्यक्ष अशेष मल्ल बताउँछन् । आफूपनि लामो समयसम्म प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि संर्घष गरिरहेको विगत सुनाउदैँ यो महोत्सवमा सबैसँग नाटक तथा संस्कृतिको आदानप्रदान गर्न पाउँदा आफूले अहोभाग्यको रुपमा ठानेको बताए । यो महोत्सवलाइ जनमानसमा पुर्याउने हेतुले मार्च ७ देखि ९ सम्म इटहरीको मेट्रिक्समा र १० मा धनकुटामा समेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमण समेत हुनेछ । महोत्सवमा फ्रान्सका म्याक्सिम सिसडको अ लिटल बर्ड इन द केज, बेलायतको इन्डी लिको नाटक इट वन्ट बि लङ नाउ, जापानी निर्देशक नात्सुको किरितानीको द ट्रान्स बोर्डर, नेपालबाट नाटककार अशेष मल्लको फेरि अर्को कुरु क्षेत्र, राज शाहको मनोक्रान्ति लगायतका नाटकहरु मञ्चन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

निर्वाचन आयाेगकाे चुनाव तयारीका लागि २९  वटा दलहरुसँग छलफल

निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host