ADVERTISEMENT
ADVERTISEMENT
२२ फागुन , २०८१ काठमाडौं । संघीय संसद अन्तर्गतकाे दुई सदनको बैठक आज बस्ने भएकाे छ । यसमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने छ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विद्येक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ ।

बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अद्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अद्यादेश, २०८१’ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । निजीकरण (पहिलो संशोधन) अद्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अद्यादेश , २०८१’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अद्यादेश, २०८१’ निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।












