शिवनाथ साह/ २०८१ फागुन ,२६ सर्लाही । पुर्व सांसद तथा जसपा नेपालका नेता प्रमोद साहले जसपा नेपाल पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । शुक्रबार सर्लाहीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई आफ्नो पार्टीमा प्रवेश गराएको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल परित्याग गरेका प्रमोद साह माओवादी केन्द्र प्रवेश गराएका साहलाई अध्यक्ष दाहालले पार्टीमा भब्य स्वागत गरेका हुन् ।
साह सर्लाहीका प्रभावशाली नेता मानिन्छन् । उनी लामो समयसम्म उपेन्द्रको साथमा उभिएका थिए । तर, पछिल्लो समय यादवसँग रुष्ट बनेका साह माओवादीमा भित्रिने तयारीमा थिए । अहिले माओवादी पार्टी पँक्ति ‘जनतासँग माओवादी अभियान’ मा व्यस्त छन् । अभियान सर्लाही पुग्दा साहले यही क्रममा शुक्रवार आयोजित एक कार्यक्रमको बीचमा माओवादी प्रवेश गरेका हुन् ।