ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जनसम्बन्ध विस्तार अभियानको देशैभर कार्यक्रम


जनसम्बन्ध विस्तार अभियानको देशैभर कार्यक्रम
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

टपटेन सम्वाददाता २०८१ चैत्र १२ , काठमाडौ / क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट संचालन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस, कोण सभा लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ । अभियान टोली  नेपाल– भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको  धनकुटाको सिंधुवामा माइकिङ् ,जुलुश प्रदर्शन र कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई पार्टीका केन्द्रीय सदस्य दिल्ली बोहोरा र क्रान्तिकारी किसान महासंघका सचिवालय सदस्य बालकृष्ण सुवेदीले सम्बोधन गर्नु भएको थियो ।

सम्बोधन गर्दै  बोहोराले अग्रगामी परिवर्तन बिना अहिलेको देशको संकट समाधान नहुने बताउनु भयो, सुवेदीले किसानहरुको संघर्षमा नउठिकन देश र जनताको मुक्ति नहुने बताउनु भयो । उक्त कोण सभालाई पार्टीका केन्द्रीय सदस्य अनु निरौला सञ्चालन गर्नु भएको थियो । त्यसैगरी धनकुटा जिल्लाको छ थर गाउँपालिका–२ जोरपाटी बजारमा कोणसभा सम्पन्न भयो ।कोण सभालाई पार्टीका पोलिटव्यूरो सदस्य चन्द्रहरी सुवेदी अटलले सम्बोधन गर्नु भयो ।

सम्बोधनका क्रममा वहाँले “नेपालमा धेरै पार्टीहरु भएपनि जम्मा तीन प्रकारका पार्टी छन् – पश्चगामी , यथास्थितिवादी र अग्रगामी क्रान्तिकारी । पश्चगामी राजावादीहरुलाई नेपाली जनताले देखि भोगिसकेका छन् , अब राजतन्त्र ल्याउन खोज्नुको पनि कुनै अर्थ छैन । त्यसरी नै नेपालको राजनीतिमा यथास्थिितिवादी पार्टीहरु नेपाली कांग्रेस ,एमाले र माओवादी केन्द्रहरु परिक्ष्ण भइसकेका छन् र उनीहरु असफल भइसके । नेपाली जनतालाई मिसन चौरासीको भ्रम दिइरहेका छन् । चौरासीको चुनावको लगत्तै फेरि मिशन उनान्नब्बेको भ्रम दिन शुरु गर्नेछन् । आफैले बनाएको संविधान काम नलाग्ने भयो भनेर संशोधन गर्ने भनेर अहिलेको सरकार गठन भएको हो। संविधान संशोधन गर्न पनि सकेका छैनन् । यथास्थिितिवादीहरु पुरै असफल भैसकेपछि देश र जनताका अगाडि एउटा मात्रै विकल्प अग्रगामी क्रान्तिकारी रुपान्तरण हो। त्यो परिवर्तनको नेतृत्व गर्ने पार्टी क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपाल हो । त्यसैले यो अभियानमा हामीले आम जनतालाई यो क्रान्तिकारी धाराको परिचय जनतालाई दिने उद्देश्य राखेका छौं ।” कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिटव्यूरो सदस्य सुरेन्द्र भण्डारीले गर्नु भएको थियो । त्यसपछि अभियान टोली जोरपाटीबाट तेलियातर्फ अगाडि बढ्यो । अभियान टोलीले तेलियामा वाल पेन्टिङ पर्चा वितरण लगायतका कार्यक्रम ग¥यो ।
अभियान टोली धनकुटा सदरमुकाममा पुगेको छ ।

जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले मोरङको बिराटचोकमा कार्यक्रम सम्पन्न गरेको छ । सातौं दिन अर्थात चैत्र १० गते १६ नम्बर ब्युरो इन्चार्ज कमरेड सुरेन्द्र भण्डारीको घरमा उहाँको आमा ९क्यान्सरको उपचार गराइरहनुभएको० र बुबालाई परिवारसँग भेटघाट गर्ने काम अभियान टोलीले ग¥यो । सलकपुरमा भित्तेलेखन गरी सुन्दरहरैचा नगरपालिका–१० बिराटचोकमा कोणसभा ग¥यो । सभाको संचालन नर्सिङ फुयाँलले गर्नुभएको थियो भने कोणसभामा अभियानबारे बिषय केन्द्रिय अभियान टोली सदस्य बाबुराम सुबेदीले राख्नुभयो । मोरङको केराबारी गाउँपालिका–१०को केराबारी बजारमा कोणसभा कार्यक्रमको संचालन रोशनले गर्नुभयो । गीत नारायण शर्मा र राधा खतिवडाले गाउनु भयो भने अभियानबारे बिमल निरौलाले विचार व्यक्त गर्नु भयो। सहिद दूर्गाराज राईको परिवारसँग अभियान टोलीले भेट गर्नुका साथै बिराटनगर महानगरपालिका –२ पुष्पलाल चोकमा कोणसभा सम्पन्न ग¥यो । सभालाई स्थायी कमिटी सदस्य हरिभक्त कंडेल प्रतिकले सम्बोधन गर्नुभएको थियो । प्रतिकले देश अभूतपूर्व संकटबाट गुज्रिरहको बताउँदै संकटको समाधान क्रान्तिमात्र भएको बताउनु भयो । केही मानिस र केही पार्टीहरुले यथास्थिवादी तरिकाबाट संकटको समाधान खोजेका छन् तर त्यो सम्भव छैन । संघीय जनस्थापना नगरीकन जनताले मुक्ति पाउँदैन । हिजोको माओवादी युद्धको क्रान्तिकारी विरासतलाई हाम्रै पार्टीले निरन्तरता दिँदैछ ।

ADVERTISEMENT

हामीलाई आलोचना सल्लाह सुझाव र सहयोग दिनुस भनेर जनताको घर आँगनमा आइरहेका छौं भन्नुभयो ।
साँस्कृतिक प्रस्तुति नारायण शर्माले दिनु भयो । सभाको संचालन पार्टीको वैकल्पिक केन्द्रीय सदस्य अप्सरा निरौलाले गर्नुभएको थियोे । त्यसैगरी जन सम्बन्ध विस्तार अभियानको अर्को टोली भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १० कैलाली जिल्लाको धनगढी ,फूलबारी ,हसुलिया र मसुरियामा कोण सभा ,जनभेटघाट लगायतका कार्यक्रम गरेको छ ।

धनगढी उपमहानगरपालिकाको शहिद गेटमा कोणसभा सम्पन्न गरेको छ। कोणसभालाई अभियान टोलीका सदस्य तथा पिबिएम अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको छ। प्रचण्डले नेतृत्व गरेको हिस्सा प्रतिक्रियावादी कित्तामा समाप्त भएपनि हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेपालको क्रान्तिकारी आन्दोलनलाई उचाइमा पुर्याउने संकल्प लिएको बताउनुभयो। कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो भने बजारमा ब्यापक पर्चा वितरण भएको छ। कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका –११ को डोकेबजारमा कोणसभा सम्पन्न भएको छ। कोणसभा हुनुभन्दा अगाडि सीमा अतिक्रमण बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिन्दावाद जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो। उक्त कोणसभालाई सम्बोधन पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोली प्रमुख कृष्णराज पौडलले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

कम्पनी सचिब आवश्यकता की बाध्यता

कम्पनी सचिब आवश्यकता की बाध्यता

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host