राजन थापा ,१३ चैत काठमाडौं । ॐ समाज डेन्टल अस्पताल काे प्रत्येक महिनाकाे गर्ने भनिएको शिविर २०८१/१२/११ गते साेमबार श्री वैकुण्ठ नाथ दिव्य धाम मातातिर्थ ८ काठमाडौमा श्री १००८ स्वामी भागवताचार्य महाराजजिकाे जन्म नक्षत्र महाेत्सवकाे पावन अबसरमा स्वास्थ्य सिविरकाे आयाेजना गरि मनाइयो उक्त सिविर मा पााँच बर्षका बालबालिका देखि ८९ बर्षका बा आमाले आफ्नाे आँखा र दात काे परिक्षण गराउनु भयाे। सह-आयाेजक काे भुमिका मा तारकेश्वर क्लब ६० सहभागी भएको थियोे ।उक्त आयाेजनामा हामीलाई किर्तिपुर आँखा अस्पतालबाट नि:शुल्क चेक जाँच,औषधि ,चस्मा वितरणको साथै हामीले नि:शुल्क दन्त चेक जाँच, दाँत सफा,दाँत निकाल्ने,मुख स्वास्थ्य हेरविचार सम्बन्धि जानकारीको साथै उचित परामर्श दिने कार्य सम्पन्न गरियो।जस् अंतर्गत:-दन्त चेक जाँच -५४३ जना सेवा पाएका भन्ने जानकारी यसै ॐ समाज डेन्टल अस्पताल नैकाप शाखा प्रमुख अंन्जना खड्का ले बताउनुभयो ।
किर्तिपुर आँखा अस्पताल बाट -३५६ जनाले आँखाकाे परिक्षण गरेकाे जानकारि यसै अस्पताल काबाह्रय कार्यक्रम विशाल थापा ले बताउनु भयो । थापाका अनुसार हामीले याे दिन मा ९२ बर्षकाे बुवाकाे आँखा परिक्षण गरि वहाँकाे आशिर्वाद ग्रहण गरि क्याम्प राख्दा के हुँदाे रहिछ भन्ने कुरा मनन गरियाे सुगर परीक्षण मेडवेल डाइनेस्टिक ल्याबोरेटरी नेपाल प्राचीन फर्मासि माता तीर्थ क्याम्प बाट सन्तुष्ट भएर आजै देखि हामीले पत्रकार ,सामाजिक अभियानता राजन थापा संग महिना काे ४ क्याम्प राख्ने समझदारी गरियाे। ८६ बर्षका बुढा बुवाले मुख र दाँतको शल्य चिकित्सक डा सुवास धिमिरे ले चेकजाँच गरि बुवाकाे आशिर्बाद लिनु भयो । वहाँ ले बताउनु भयोकि महिनाकाे ४ वटा क्याम्प राजन थापालाई संचालन गर्न दिने बताउनुभयो नेपाल मा पहिलोपटक स्वामिहरुले यस्तो सेवा नै मुलक धर्म काे काम गरेको हाे भन्ने जानकारी तारकेश्वरक्लब ६०का अध्यक्ष राजन थापा संग बताउनु भयाे स्थानीय समुदायको लागि स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले यस प्रकारका कार्यक्रमहरूले उच्च शिक्षालयमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे ।
उक्तशिबिर मा ८९ बर्षकाे बुवाले आफ्नाे स्वास्थ परिक्षण गराए साथै ६बर्षकाे बालक काे पनि दात काे ओरल परिक्षण गरियाे साथै निम्न आय भएका ब्यक्तिहरुले पनि सेवा लिएका थिए।यस स्वास्थ्य शिविरमा सहभागीहरूमध्ये धेरैले स्वास्थ्यसम्बन्धी परामर्श पनि पाएका थिए, जसले उनीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न प्रोत्साहित गरेको छ । ॐ समाज अस्पताल ले अागामि दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने प्रतिबद्धता जनाउनु भयाे ।
उक्त शिविर ॐ समाज डेन्टल ले आयाेजना गरेको थियोे तेस्तै तारकेश्वर क्लब ६०ले सहआयोजना गरेका थिए भने ॐ समाज डेण्टल अस्पताल र किर्तिपूर आँखा अस्पतालले प्राविधिक सहयोग औषधि चस्ग्मा काे ब्यवस्था गरिएको थियोे साथै राजन थापाले बताए अनुसार महिनाकाे ४वटा क्याम संचालन गर्ने उक्त क्याम संचालन गर्न मेघा अस्पताल ,नेशनल अस्पताल ,ग्रीन सिटि अस्पताल चिरायु अस्पताल ,ईसान बाल र महिला अस्पताल किर्तिपुर आँखा अस्पताल र दातकाे लागि ॐ समाज डेन्टल अस्पताल रगतकाे लागि नेपाल रेड्क्रस साेसाइटि र ग्राडि इन्टरनेशनल अस्पताल हरुलाई सहकार्य गरेर सिबिर संचालन गर्ने बताउनुभयो ।अन्तमा प्रत्येक स्वास्थ्य शिविरमा निःशुल्क औषधि वितरण गर्ने काठमाडौँ नर्थ वेस्ट ३२५ एल अध्यक्ष राजेन्द्र खड्का तथा आर एन एस फर्मास्युटिकल का अध्यक्ष तथा इशान फर्मास्युटिकल प्रा ली का सञ्चालक ज्यूबाट हेल्थ क्याम्पमा नि:सुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।












