बुढा ग्रन्थका च्यातिएका पानाहरू,
अन्धो आस्थाका सडिएका बानाहरू।
मेरो सोचलाई कैद गर्ने प्रयत्न नगर,
म तर्कको ज्वाला, म वैज्ञानिक मानाहरू।
मन्दिरका घण्टाहरू व्यर्थै बज्छन्,
मस्जिदका अजानेहरू निस्तेज छन्।
चर्चका प्रार्थनाहरू मौन छन्,
गुम्बाका मन्त्रहरू गुञ्जिरहे पनि निष्प्रभ छन्।
यी ईश्वरका घरहरू सुनसान भइदिए,
मानवताको प्रेमचाहिँ उज्यालो ल्याइदिए।
प्रार्थनाका नाममा लुट्ने पण्डितहरू,
अन्धविश्वास बेच्ने पादरीहरू,
डरको व्यापार गर्ने मुल्ला-मौलवी,
अध्यात्मका खोल ओढ्ने लामा-गुरुहरू।
भगवान खोज्न भनी कहिल्यै नखोज,
मानवताको प्रेमलाई अपनाउ।
स्वर्गको लोभमा नझुकाउ टाउको,
जीवनको सत्यलाई बुझ्न सिकाउ।
कर्म, भाग्य, पुनर्जन्मको बहाना,
केवल ठगहरूको मीठो भाषा।
म आफ्नै श्रममा विश्वास गर्छु,
मेरो भविष्य मेरै हातमा कोरिन्छ नक्सा।
तिमी डरले नास्तिकता टार्छौ,
म डरलाई नै जलाई दिन्छु।
तिमी ईश्वर खोज्न स्वर्ग पुग्छौ,
म पृथ्वीमै प्रेमलाई रोप्छु।
२०८१ चैत २१,काठमाडौं ।
✍️ सत्यजीत।











