ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।












