ADVERTISEMENT
काठमाडौं । आज पहिलो दिन आइतबार सुनको भाउ तोलामा रु.१४०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम थियो । यता, आइतबार चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार पनि प्रतितोला चाँदीको भाउ २ हजार ५ रुपैयाँ रहेको थियो ।
ADVERTISEMENT












