ADVERTISEMENT
ADVERTISEMENT
२४ जेठ,काठमाडौं / प्रतिनिधि सभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । बैठकमा उप-प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्य सहित ‘आर्थिक वर्ष २०८२-८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ ।











