ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल सरकारले दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी विरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भार सम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि सरकारले रिक्त पदको जिम्मेवारी मास्केलाई दिइएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए । पुर्णपाठ:-

अख्तियारले यही मुद्दामा सङ्गीता पहाडी सहित विनिता श्रेष्ठ, सुनील पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी,राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, राजीव कुमार केसी, मुक्ति प्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि लगायत विरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।












