ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी


वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले विद्यार्थीहरुका लागि ‘वेद फर यु’ कार्यक्रम सम्पन्न गरेको छ ।कन्स-ल्टेन्सीले उच्च शिक्षा हासिल गर्न चाहनेहरूको लागि ‘वेद फर यु’ कार्यक्रम गरेको हो । केही दिनअघि भएको कार्यक्रममा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सम्बन्धित देशका दक्ष अनुभवी काउन्सलरहरुले काउन्सिलिङ गरेका थिए । दक्ष र अनुभवी काउन्सलर बाट काउन्सिलिङ लिन पाएकोमा विद्यार्थी पनि खुशी भएका थिए । नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमबाट धेरै विद्यार्थीले लाभ लिएका छन् । ‘वेद फर यु’ कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरूको हात खाली नहुने गरी चलचित्रको फ्री टिकट पनि वितरण गरिएको थियो ।

ADVERTISEMENT

कार्यक्रमलाई अझै आकर्षक बनाउन बिङ्गो गेम पनि खेलाइएको थियो । जसमा बिङ्गो हुने विजेतालाई बन्जी जम्पको फ्री टिकट उपलब्ध गराइएको थियो । अन्य विजेतालाई जिपलाईनको टिकट दिइएको थियो । ‘वेद फर यु’ कार्यक्रम आफ्ना लागि प्रभावकारी रहेको भन्दै विद्यार्थीले वेद कन्सल्टेन्सीको प्रशंसा गरेका थिए । ‘वेद फर यु’ कार्यक्रममा सहभागी विद्यार्थी जनकराज थपलियाले वेद कन्सल्टेन्सीले आयोजना गरेको कार्यक्रम अर्थपूर्ण रहेको बताए । उनले यस प्रकारको कार्यक्रमबाट विद्यार्थीले कुन देशमा के कस्तो पढाई हुन्छ र त्यहाँ किन जाने भन्ने बुझिने भएकाले पनि कार्यक्रमको सान्दर्भिकता रहेको बताए । ‘मैले वेदबाट नै अप्लाइ गरिरहेको छु, मेरो आफन्तहरू पनि वेदबाट नै अस्ट्रेलिया जानुभएको छ, त्यही विश्वासले नै मैले पनि वेदबाट नै अस्ट्रेलियाका लागि अप्लाइ गरेको छु,’ थपलियाले भने । उनले यस कन्सल्टेन्सीलाई विश्वास गरेर अस्ट्रेलिया जानका लागि पक्रिया सुरु गरेको बताए । उनले वेद कन्सल्टेन्सीमा अनुभवी र दक्ष प्रशिक्षक रहेको भन्दै अन्य विद्यार्थी लाई पनि वेद नै रोज्न आग्रह गरे ।

ADVERTISEMENT

‘वेद फर यु’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले पनि खुसी व्यक्त गरे । उनले विद्यार्थीको उज्ज्वल भविष्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई राम्रो काउन्सिलिङ गर्नु नै आफ्नो प्रमुख दायित्व भएको बताए । कन्सल्टेन्सीले यसअघि ‘मास्टर्स युके, वेद फर युके’जस्ता कार्यक्रम पनि गरिसकेको छ । शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का कोषाध्यक्ष समेत रहेको प्रबन्ध निर्देशक कार्कीले वेदबाट,युके, अस्ट्रेलिया ,अमेरिका, नेदरल्याण्ड लगायतका देशमा उच्च शिक्षाका लागि विद्यार्थी जाने गरेको बताए । उनले विद्यार्थी र अभिभावकलाई सही सल्लाह दिएर विद्यार्थीको भविष्य बनाउनु नै आफ्नो प्रमुख जिम्मेवारी रहेको बताएका छन् । कन्सल्टेन्सीले सन् २०१० देखि विदेशमा उच्च शिक्षा आर्जन गर्न जाने विद्यार्थीहरूको लागि परामर्श दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

खेलकुदसँगै मानवीय सेवामा पनि विजेता टिमको प्रशंसनीय योगदान

खेलकुदसँगै मानवीय सेवामा पनि विजेता टिमको प्रशंसनीय योगदान

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host