ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

को थिए काङसोरे लिम्बु र लिम्वुवान–गोर्खा युद्धमा उनको योगदान लोकेन्द्र तिगेला र वि. सुब्बा


को थिए काङसोरे लिम्बु र लिम्वुवान–गोर्खा युद्धमा उनको योगदान लोकेन्द्र तिगेला र वि. सुब्बा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । विजयपुरको राजगद्दि बुद्धिकर्ण खेवाहाङले हत्याएको आधा दशक नबित्दिै गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बुवान माथि आक्रमण गर्ने निश्चित भयो । ति गोर्खालीहरु बिरुद्ध लड्न शक्तिशालि सेना चाहिने भएकोले बहादुर, लडाकु र परिवार भित्रकै नातेदारलाई विश्वासगरि काका काङसोरेलाई सेनापतिको जिम्मेवारी अर्थात युद्धलड्ने मुख्य जिम्मेवारी राजा बुद्धिकर्णले दिए ।

खम्बुवान र गोर्खाली फौज बीच युद्ध चलिरहेको बेला अरुण पूर्वको लिम्बुवानी सेनाहरुले युद्धका लागि राम्रो तयारी गरिसकेका थिए । अरुण नदी तरेर लडाई गर्नु गोर्खा सेनालाई सजिलो कुरा थिएन । सभा दोभान हुदै चतरा तर्फ बग्ने अरुण नदी सिमाना रहेको विभिन्न गौंडामा धेरै युद्धहरु भए । काङसोरे आफैले नेतृत्व गरेको लिम्बुवानी सेनाहरुले १७ वटा भन्दा बढि युद्धहरुमा विजय प्राप्त गरे ।

उनीहरुले अरुण सभा दोभान हुँदै ८ दिनको बाटो टाढा चैनपुर, झाँगाझोली, दुम्जा (सिन्धुली), बाह्रबिसे दोलखा रामेछाप क्षेत्र सम्म गोर्खालीलाई लखेटेको इतिहास हज्सनले संकलन गरेको पाण्डुलिपीमा उल्लेख छ । उनीहरुले गोर्खाली सेनाहरुलाई ध्वस्त बनाए । अर्कोपटक पृथ्वीनारायण शाहले सेनानी रघु रानाको नेतृत्वमा आक्रमण गर्न पठाए । पुनः गोर्खाली सेनाहरुले युद्ध जित्न सकेनन र अन्ततः अब दुवैतर्फका सेनापति मात्र तरबार र ढाल लिई युद्ध लड्ने जसले जित्छ उसैको पक्षको विजय घोषणा गर्ने भनी सहमति गरे ।

सेनापति काङसोरे सर्त अनुसार अन्य हात हतियार राखेर सेनाहरुको साथ युद्धस्थलमा पुगे । दुई सेनापति बीच युद्ध शुरु भयो । दैवीशक्ती समेत भएका काङसोरेले गोर्खाली सेनापति रघु रानालाई तरबारले काटेर मारे । त्यसपछि छलकपट गर्न सिपालु गोर्खाली सेनाहरुले माटोमा गाडेर राखेको हातहतियारहरु झिकेर सेनापति काङसोरेलाई मारिदिए । दुवै सेनापतिको शवलाई सभादोभान कै नजिक पूर्वपट्टि रहेको गन्धेपानी स्थित युद्धक्षेत्रको माथिल्लो छेउमा रघुरानालाई र युद्धक्षेत्रको तल्लो छेउमा ठूलो सम्मानको साथ दबाई चिहान माथि चौतारा बनाई दिए (चेम्जोङ्, पेज ९२) । अहिले पनि उक्त समाधिस्थल प्रमाणको रुपमा देख्न सकिन्छ । दुवै सेनापतिको समाधिस्थल आमनेंसामुन्ने बाटो माथि र तल राखिएको छ । सेनापति काङसोरेको बलिदानीपूर्ण दुखद निधन पछि दोस्रो सेनापतिको जिम्मेवारी मुदिम्बा खेवाहाङले पाएका थिए । उनले लिम्बू–गोर्खाली बीचको चतराघाटमा भएको घनघोर युद्धमा वीरगति पाए ।


गोर्खाली र लिम्बुवान बीच विभिन्न ठाँउहरुमा युद्धहरु भएका थिए ती युद्धहरु मध्ये धेरै युद्धहरुको नेतृत्व सेनापति काङसोरे र मुदिम्बा खेवाहाँङले गरेका थिए । लिम्बुवान संगको युद्धमा गोर्खालीहरुले धेरै गुमाए तर विजय गर्न सकेनन र अन्ततः कुटनैतिक सम्बन्ध जोडे । लिम्बुवानले आफ्नै मुद्रा, आफ्नै कानुन उपभोग गर्न पाउने गरी राजधानी बिजपुर, धरानमा नुनपानीको किरिया खाई गोर्खालीहरुले लिम्बुवानसँग सम्झौता गरे । स्वायत्त लिम्बुवान राज्यको दुत सवत् १९४५ सम्म काठमाडौमा रहने गर्दथ्यो ।

वि.स. २०५५ मा प्रकाशित मानव उत्पति र खेवा वंश पुस्तक अनुसार सेनापति काङसोरे खेवाहाङ वि. स. १८०० मा छथर थुमका हाँङ कमराय खेवाहाँङको जेष्ठ पुत्रको रुपमा तेह्रथुम, छथर ओख्रेको खेवाहाँङ यक ताकलुङमा जन्मिएका थिए । उनी सानै देखि समाज र भूमिलाई औधि माया गर्दथे । शिकार खेल्नु र तरबार चलाउनु उनको रुची थियो । बुद्धिकर्ण विजयपुरको राजा बन्नुमा पनि उनको साथ थियो ।

लिम्बुवान भूमिको रक्षा र जनताको लागि लड्दालड्दै सेनापति काङसोरेले अन्ततः २५ बैशाख १८३१ का दिन युद्धमा वीरगति प्राप्त गरे । उनका सन्तानहरु अहिले सभा दोभानबाट नजिकै लेगुवा र छथर हात्तिखर्कमा पनि बसोबास गर्दै आएका छन् । यता सभा दोभान नजिकै भोजपुरको जरायोटारमा समेत खेवाहाङहरु बसोबास गर्दै आएका छन् । यो इलाका खेवाहरुको पश्चिम तर्फको अन्तिम बसोबास क्षेत्र हो । किनकी इतिहासमा खेवाहरुले पश्चिम दुधकोसी सम्म शासन गरेको कुरा इमानसिं चेम्जोङ र विद्ववान डा. हर्क गुरुङ लगायतले उनीहरुको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । विशेष गरेर सेनकालमा लोहाङ सेनले आफ्नो प्रान्त विभाजन गर्ने क्रममा अरुण सिमाना बनाएपछि खेवाहाङहरुको पश्चिमी दुधकोशी सम्मको सिमाना गुम्न गयो । लिम्वुवानभूमिको रक्षार्थ अतुलनीय योगदान गरेका सेनापति काङसोरे खेवाहाङ (काङसो राय), दोस्रो सेनापति मुदिम्बा खेवाहाङ लगायतका बीर सपुतहरू सबैको लागि प्रेरणाका स्रोत बने ।

सेनापति काङसोरेको सम्झनामा छथर तिरका लिम्बूहरुले काङसोवा मेला लगाएका थिए । छथरको तेलिया खोलाको पुच्छार जहाँ काङसोवा मेला वि.सं. २०५८ सालसम्म लाग्दथ्यो यसलाई आज पनि काङसोवा भन्ने गरिन्छ । माथिल्लो पट्टि तेलिया खोला भनिनेपूर्व उक्त खोलामा काङसोरेले शिकार खेल्ने तथा युद्ध अभ्यास गर्ने भएकोले यो पुरै खोलालाई काङसोवा खोला भनिन्थ्यो । यो खोलालाई वि.सं. १८७५ मा तेलिया इट्टाबाट बनेको मन्दिरलाई तिलेश्वर महादेवको मन्दिर नामाङकरण गरि काङसोवा खोलालाई ‘तेलिया खोला’ नामाङकरण गरियो । यसैगरि लिम्बु भाषाबाट राखिएको खाम्नेरा गाँउलाई तेलिया बनाईयो । उसो त छथर ओख्रेमा काङसोरेको नाममा भएको जग्गा खेती छदैछ ।

वीर लिम्बुवानी सेनापति काङसोरेलाई सहयोग गर्नका लागि ताक्लुङबाट थप सेनाहरू सभादोभान तर्फ जाँदैगर्दा हमरजुङ र आङदिम गाविसको सिमाना मानिने खोलामा पुग्दा ती सेनाले काङसोरे मारिएको खबर पाएका थिए । कुनदिन काङसोरे मारियो भन्दा ‘लावा पमबम ऐन’ यसको नेपाली अर्थ आकाशमा जुन टहटह लागेको रात हुने भएकोले सो खोलाको नामाङ्करण पनि पमबम खोला नै रहन गयो । उक्त खोला अझै पनि पमबम खोलाकै नामले चिनिन्छ ।

बहादुर सेनापति काङसोरेको संम्झनामा खोलाको नामाकरण ‘काङसोवा’ र मेला समेत ‘काङसोवा’ नै लगाइएको छ । काङ्सोवा मेला लाग्ने स्थानको ठिक पारिपट्टि हाङसामोरङ पर्दछ र चौविस पट्टि हाङसामोरङमा कैलाश शिवको मन्दिर स्थापना गरी शिवरात्री (सेउराती) मेला लाग्ने गर्दछ । इतिहासमा लिम्बुवानी सेनाहरु काङसोरे, साङबोतरे, तेसाक्पा, सिपा, फाक्ते, मुदिम्बा आदिलाई ठूलो सम्मान गर्दै आत्मा गौरवका साथ लिम्बुवानवासीहरु सम्झिरहन्छन् ।

खेवा वंशावली वि.स. २०५५ मा प्रकाशित भयो र त्यसको निक्कै पछाडि वि.स. २०६२÷५३ तिर मात्र काङसोरेको चर्चा शुरु भयो । सो वंशावलीमा काङसोरेको नाम लेखिएको छ तर काङसोरेको नाम कसले राख्यो भनेर लेखकहरु बीच नै खोजी भयो । अन्ततः लिम्बु इतिहासविद स्व. भरत तुङघङले आफूलाई सुब्बा स्व. हिर्दयमान लिम्बुले वि.स. २०५२ मा नोट टिपाएको (भिडियोमा हेर्नुहोस) बताएपछि पत्ता लाग्यो वंशावलीमा स्व. लिम्बुले राखे तर वंशावली प्रकाशन गर्नु भन्दा केही हप्ता अगाडी नै वहाको निधन भएको थियो । काङ्सोरेको चर्चा चुलिए पछि फागो चोङवाङ र वनेम वंशले समेत दावी गर्न थालेका छन । ईतिहासको विषयमा बेग्लाबेग्लै दाबी हुनुलाई सामान्य मानिन्छ । काङसोरे लिम्बु हुन निर्विवाद छ तर लिम्बु भित्र कुन वंशका हुन भन्ने सवालमा आआफ्नो दाबीलाई मेटाउन ईतिहासकार इमानसिंह चेम्जोङको किरात कालिन विजयपुरको इतिहास नामक पुस्तकमा उल्लेख भएको स्थानमा काङसोरे र रघु रानाको समाधि अहिले पनि सुरक्षित भएकोले कार्वन डेटिङ र डिएनए गर्न सकिन्छ ।

सवत् १८३१ मा सम्झौता गर्ने लिम्बुहरुले सम्झौता गरे र केही लिम्बुहरुले युद्धलाई निरन्तरता दिए । छथर, याङवरक, चैनपुर (जसमुखि), अरुण उपत्यकाका लिङथेपहरु लगायतले युद्धलाई निरन्तरता दिए जसको नेतृत्व बुद्धिकर्ण खेवाहाङले गरेका थिए । सिर्देउ फाँगो, रैनसिं लिबाङ, फेदापका आताहाँङ लगायतले गोर्खालीहरुलाई समर्थन गरेको इतिहास भेटिन्छन्, लिम्बुवान विरूद्ध लिम्बुहरू नै लागेका थिए । सम्झौता गर्ने कुम राय, सुन राय र जंग रायले समेत गोर्खाहरुलाई नै सहयोग गरेको पाइन्छ । सम्झौता पछि पनि निरन्तर युद्धको नेतृत्व गर्ने बुद्धिकर्णलाई सवत् १८३४ मा कम्पनी टेरोटोरि चिलिमारी भन्ने ठाँउबाट विजयपुरमा ल्याई ३ दिन यातना दिई मारियो । निरन्तर १७ बर्ष (१८३१ – १८४८) बर्ष सम्म चलेको युद्धहरु मध्ये सिद्धिपुर (शंखुवासभा) युद्ध अन्तिम भएको पाइन्छ । सोहि समयमा युद्ध जित्ने वित्तिकै याङवरक हिल्लहाँङ हुदै पान्थरको इस्लिम्बा च्याङथापु सम्म गोर्खालीले दख्खल गरेको भेटिन्छ ।

सेनापति काङसोरे लिम्बुवान इतिहासको उच्च विरासत भएकोले यो कुनै वंशको भन्दा पनि समग्र लिम्बुवानको साझा सम्पतिको रुपबाट लिन पर्दछ । उनले दिएको योगदानलाई सधै सम्झन सकौ । काङसोरेको आर्शिवाद लिदै निरन्तर लिम्वुवान पूर्नस्थापनाको निम्ति जुटौ । जय काङसोरे ।

स्रोतः
१. समकालिन विजयपुरको संक्षिप्त इतिहास, इमानसिंह चेम्जोङ, पेज १११, ९२ ।
२. दिब्यमेरु मानस समाज, क्या. गोपीलाल लिम्बु, पेज ४५ ।
३. मानव उत्पति र खेवा वंश २०५५, पेज ४९,
४. शृखला, साहित्यकार लोकेन्द्र तिगेला, पेज ८६ ।
५. नेपालीसमाचारडटकम ।
६. नेपालीलिटरेचरडटकम ।
७. संघीय, मासिक ।
८. बुद्धिकर्ण तथा काङसोरे संरक्षण प्रतिष्ठान ।
९. ह्यामिल्टन, एन एकाउण्ट अफ दि किङडम आफ नेपाल ।
१०. मुुन्धुमविद भरत तुङ्घङ र पत्रकार भैरव आङ्लाका अनुसार ।
११. लामिछाने, टिका प्रसाद पुर्वाञ्चलमा धनकुटा, प्रकाशकः पल्लभ साहित्य प्रतिष्ठान, नारायणघाट चितवन २०६८, मुद्रणः गजरमुखी अफसेट प्रेस विराटनगर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host