ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कान्तिपुर सिटी कलेजका विद्यार्थीद्धारा स्कलर्स प्रकाशन


कान्तिपुर सिटी कलेजका विद्यार्थीद्धारा स्कलर्स प्रकाशन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कान्तिपुर सिटी कलेजका बीबीएका विद्यार्थीहरुले प्रकाशन गरेको जर्नल ‘स्कुलर्स’ को हालै विमोचन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राणासहितका अन्य अतिथिहरुले जर्नलको विमोचन गरेका हुन् । बीबीए सन् २०२० को व्याचले प्रकाशन गरेको १० औं संस्करणको पुस्तकको चर्चा गर्दै अतिथिहरुले पुस्तकले धेरैजसो विषयवस्तु समेटेको भन्दै प्रशंसा गरे । जर्नलमा कृषि, पर्यटन, उर्जा, सूचना प्रविधिलगायतका विभिन्न विषयका लेख रचनाहरु समेटिएका छन् । प्रमुख अतिथि राणाले पुस्तकमा समेटिएका प्रत्येक विषयले सकारात्मक सोचको पैदा गर्ने बताइन् । उनले पुस्तक केबल पुस्तकको आकारमा मात्र नभएको र सबैजसो सामग्रीले मानिसमा एक प्रकारको उत्साह पैदा गर्ने बताइन् । उनले आजका विद्यार्थीहरुले भोलिका दिनमा विभिन्न क्षेत्रको नेतृत्व गर्ने हुँदा विद्यार्थीहरुमा त्यो क्षमता देखिएको भन्दै विद्यार्थीको प्रशंसा गरिन् ।

कान्तिपुर सिटी कलेजका क्याम्पस प्रमुख राजु कट्टेलले कलेजले विद्यार्थीहरुलाई औपचारिक अध्ययनका साथै व्यवहारिक ज्ञान पनि प्रदान गर्दै आएको बताए । ‘क्याम्पसले कोर्षमा आधारित रहेर पढाउने काम त गरिहाल्छ त्योभन्दा अगाडि बढेर विद्यार्थीकेन्द्रित व्यवहारिक र व्यवसायिक सीप दिने कुरामा पनि सक्रिय छौं’ उनले भने ‘यो बेला जर्नल प्रकाशन गर्नु चुनौती थियो तर पनि विद्यार्थीले त्यसलाई सामना गरेका छन्, यो बेलामा पनि ४० भन्दा बढी विज्ञापन संकलन गर्नु चानचुने कुरा होइन ।’ उनले सामग्री संकलनका क्रममा कतिपय ठाउँ पुगेका विद्यार्थीलाई सम्बन्धित संस्थाले जागिर दिने भनेको सुन्दा आफूलाई खुशी लागेको बताए । उनले विद्यार्थीको अतिरिक्त क्रियाकलापका लागि क्याम्पसले जस्तोसुकै सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।
विद्यार्थीहरु रोम भुसाल र मेलिना राई संयोजक भएर प्रकाशन गरेको पुस्तकमा विद्यार्थीसहित विज्ञका लेखहरु समावेश गरिएका छन् । जर्नलका बारेमा बोल्दै अतिथिहरुले सामग्री संकलन र व्यवस्थापनको प्रशंसा गरेका थिए । जर्नलमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया, क्याम्पसका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, क्याम्पस प्रमुख कट्टेल, सहायक क्याम्पस प्रमुख भानुभक्त निरौला, अपरेसन कोअर्डिनेटर मिना खत्री, पत्रकारिता विभागका उपप्रमुख तथा क्याम्पसका प्रमुख प्रशासक राजिव तिमल्सिना, अध्यापक दीपकविक्रम थापा क्षेत्री, बीबीए संयोजक पुजा पोखरेललगायतले शुभकामना दिएका छन् ।

ADVERTISEMENT

कार्यक्रमकी प्रमुख अतिथि राणाले नेपालमा जुनसुकै क्षेत्रको पनि राम्रो सम्भावना भएको भए पनि सरकार र निजी क्षेत्रले त्यसलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरिन् । उनले अध्ययनका लागि विदेश गएका विद्यार्थीले पनि नेपाल फर्केर आएर केही गरेर देखाउनु पर्नेमा जोड दिइन् । २५ वर्षअघि स्थापित कान्तिपुर सिटी कलेजले सन् २००८ देखि बीबीए सञ्चालन गर्दै आएको छ । पूर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन प्राप्त यस क्याम्पसले बीई सिभिल, बीई कम्प्युटर, बीआइटी, बीसीए, बीबीए, बेचलर इन आर्टि फिसियल इन्टेलिजेन्स, पीजीडीसीए, एम्सीए, एम्ए मसिजे अध्यापन गराउँदै आएको छ ।क्याम्पसका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्कीले समयको माग अनुसार क्याम्पसले नयाँ विषय थप गर्दै आएको बताए । उनले अन्तर्राष्ट्रिय बजारसम्म प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको जनाएका छन् । उनले क्याम्पसले विद्यार्थीका लागि उपयुक्त शैक्षिक वातावरण बनाइरहेको र व्यवहारिक शिक्षामा बढी जोड दिँदै आएको पनि स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

भोजपुर १ मा ब्याटल अफ द ब्यालोट क्रम संख्या १२ का शेरधन राईलाई ८ का युवराज थापाको टक्कर

भोजपुर १ मा ब्याटल अफ द ब्यालोट क्रम संख्या १२ का शेरधन राईलाई ८ का युवराज थापाको टक्कर

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

हिमालयन लाइफ इन्सुरेन्सले नगद लाभांश वितरण गर्ने

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा माघ २८ गते

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

निर्वाचन आयाेगकाे चुनाव तयारीका लागि २९  वटा दलहरुसँग छलफल

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुन र चाँदीको मुल्यमा वृद्धि

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बृद्धि

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host