२०८२ काठमाडौं २५ असार। नेपाल टेलिकमकाे प्रेस विज्ञप्तिकाे पुर्णपाठ अनुसार जस्ताकाे तस्तै-: नेपाल टेलिकमले निरन्तर रूपमा ग्राहकको सन्तुष्टि र चाहनालाई प्राथमिकता दिँदै दिनानुदिन बढ्दै गइरहेको सञ्चार तथा सूचना प्रविधिको महत्वलाई ध्यानमा राखी नवीनतम सेवाहरू उपभोक्तामाझ विस्तार गर्दै जाने क्रममा आफ्ना ग्राहकहरूको डिजिटल आवश्यकता र सुलभ दरमा सो आवश्यकता पूरा गर्ने चाहना समेतलाई सम्बोधन गर्न समय सापेक्ष रुपमा प्याकेज तथा अफरहरु प्रदान गर्दै आइरहेको छ ।ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकवर्गका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले भोलि (२०८२ असार २६) देखि लागु हुने गरी मनसुन अफर २०८२ (Monsoon Offer 2082) अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।
यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३०% छुटमा समेत उपलब्ध गराइने छ । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा …नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् । यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत प्राप्त गर्न सकिनेछ।













