ADVERTISEMENT
८ साउन काठमाडौं । गत आर्थिक वर्ष २०८१-८२ मा पूर्वीनाका काँकड भिट्टाबाट रु १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८०-८१ को तुलनामा रु ९० करोड ८२ लाख अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताए।
ADVERTISEMENT
कार्यालयको तथ्यांकअनुसार गत आव २०८१÷८२ मा पेट्रोलियम पदार्थ आयातबाट रु नौ अर्व ७१ करोड ३२ लाख ९२ हजार राजस्व संकलन भएको छ । उक्त अवधीमा रु आठ अर्व ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु सात अर्व तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ । यसैगरी उक्त अवधीमा रु दुई अर्व ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपि ग्याँस, रु ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटीएफ र रु २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ ।











