काठमाडौ । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) पटक–पटक बन्द भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको आरोप लगाए ।
पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित पाठ्यक्रम बनाउन ढिला गर्न नहुने बताएका सांसद भण्डारीले विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने सक्षम जनशक्ति विकास हुनेगरी विश्वविद्यालयको सुधार गर्न आवश्यक रहेको बताए । उनले जिम्मेवार र कर्तव्यहीन सरकारका कारण शिक्षा क्षेत्र ध्वस्त भएको उल्लेख गर्दै रुलिङ गर्न माग गरे । सबै प्रकारको पेशामा आधारित शिक्षा सार्वजनिक विश्वविद्यालयबाटै दिएर आर्थिक कमजोरीका कारण पढ्न नपाउने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए ।











