ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेकमा सरकारी सामुदायिक विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ शिक्षाको अवसर


नेकमा सरकारी सामुदायिक विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ शिक्षाको अवसर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२÷८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिव, विपन्न छात्र-छात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको हो । यसका साथै कलेजले मुलुकका सातै प्रदेशबाट एक÷एक जना गरी सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने पनि बताएको छ । कलेज प्रशासनका अनुसार, प्रदेश छात्रवृत्ति अन्तर्गत प्रत्येक प्रदेशबाट चयन भएका एक÷एक जना मेधावी विद्यार्थीलाई १००% शुल्क छुट दिइनेछ । यस छात्रवृत्तिका लागि एसइइ र +२ मा उच्च अंक ल्याएका,आर्थिक रूपले कमजोर,र इन्जिनियरिङ अध्ययनमा गहिरो रुचि भएका विद्यार्थीलाई प्राथमिकता दिइने जनाइएको छ ।
त्यस्तै, समुदाय छात्रवृत्ति अन्तर्गत सरकारी सामुदायिक विद्यालयमा +२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि पूर्ण वा आंशिक शुल्क छुट दिइनेछ । यस कार्यक्रमले ग्रामीण तथा कमजोर वर्गका विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षामा पहुँच बढाउने लक्ष्य राखेको छ । कलेजको भना समिति २०२५ का संयोजक रुपेश दही श्रेष्ठले बताए अनुसार, प्रदेश र समुदाय छात्रवृत्ति कलेजको समावेशी नीति र सामाजिक उत्तरदायित्वको अभिन्न अङ्ग हो । यसले राष्ट्रिय समावेशिता र समान अवसर प्रवद्र्धनमा सघाउ पु¥याउँछ, उनले भने ।
छात्रवृत्तिका लागि यथाशक्य छिटो सम्पर्क गर्न अनुरोध गरेको छ भने छनोट भएका विद्यार्थीहरूको नाम जतिसक्दो छिटो सार्वजनिक गने जनाइएको छ । आवश्यक कागजात, फारम तथा विवरणहरू नेक कलेजको वेबसाइट र कलेज प्रशासनिक कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नाफा नलिने उद्देश्यका साथ सञ्चालित यस कलेजले देशमा वढी भन्दा वढी इन्जिनियरहरुको उत्पादन होस् भन्ने हेतुले विभिन्न छात्रबतिहरु प्रदान गरी अध्ययन अध्यापन गराइरहेको जानकारी गराए । गैरनाफामूलक रुपमा सञ्चालित कलेजले शान्त वातावरणमा गुणस्तरीय अध्यययन अध्यापन भइरहेको उनले जनाए । त्यसकारण अब इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाइरहेका विद्यार्थीहरूलाइ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिद्वारा सञ्चालित मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित यस नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछु, उनले भने ।
पोखरा विश्वविद्यालयकै उत्कृष्ट कलेज, नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता, १०० भन्दा बढी अनुभवी फुलटाइम फ्याकल्टी, शहरी कोलाहलबाट टाढा, शान्त तथा हरियालीयुक्त वातावरण, आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधार, ल्याब, पुस्तकालय तथा रिसर्चका सम्पूर्ण सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय एक्सपोजरको सुविधा, स्थानीय तह, प्रादेशिक, सञ्चालक समिति तथा विश्व -विद्यालयगत छात्रवृत्तिहरू, काठमाडौं उपत्यका, काभ्रेसम्मको यातायात सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय गेस्ट लेक्चरहरूको व्यवस्था, समयानुकूल प्रविधियुक्त शिक्षण विधि, सर्वसुलभ शुल्क, गुणस्तरीय शिक्षा कलेजको विशेषताहरु रहेको बेलविस्तार उनले गरे । कलेजमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रूरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ, ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ गरी सात वटा कायक्रमहरु सञ्चालनमा रहेको जनाइएको छ । नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालय सँग सम्बन्धन प्राप्त स्वशासित संस्था हो, जसले सूचना प्रविधि, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स लगायत इन्जिनियरिङका विभिन्न शाखामा शिक्षण प्रदान गर्दै आएको छ । कलेज भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटमा अवस्थित छ ।
ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host