काठमाडौं । प्रदेश सरकारले आइतबार गाईजात्रा पर्वका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।
त्यसदिन बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघसंस्थाहरू बन्द रहनेछन् ।गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा नेवार समुदायले विशेष रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। पितृ सम्झनाको प्रतीक स्वरूप मनाइने यस पर्वमा गाईको स्वरूपमा टोलटोल घुम्ने परम्परा रहेको छ ।











