ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जनै हराएको मान्छे


जनै हराएको मान्छे
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले सुरुमा राखेको नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखेको थियो । तर, निर्माणपक्षले यसको केही समय अगाडि नाम परिवर्तन ग¥यो । बाहुनका ठाउँमा मान्छे राख्यो । हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरेको निर्माण पक्षले प्रष्ट पारेको थियो । यद्यपि, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक सिनेमा नभएको निर्देशक हिमाल न्यौपानेले बताएका छन् । विषय र प्रसंगले जुरेको नामका आधारमा सिनेमा नै धार्मिक हो कि भन्ने आंशका गरिएको उनको भनाइ छ ।

“हाम्रो सिनेमा धार्मिक होइन । सोसल स्टोरी हो । विषयसँग जोडिएर जनै भन्ने शब्द आइपुगेको मात्रै हो,” निर्देशक न्यौपानेले भने, “तर, पनि हामी क्रिएटिभ काम गर्ने मान्छे अनावश्यक झमेलामा फस्न चाहेनौं । काम गर्ने मान्छे काम गरौँमा कि विभिन्न व्यक्ति र संस्थालाई बुझाउँदै हिँडौैं भनेर शब्द परिवर्तन ग¥यौँ ।” यद्यपि, निर्देशक न्यौपाने आफूहरूले चाहेको भए पुरानै नाम राखेर चलचित्र बनाउन सक्ने बताउँछन् । सर्जकले आफूले चाहेको विषय र नाममा काम गर्न सक्ने उनको भनाइ छ । कसैले पनि कुनै पनि विषयमा सिनेमा बनाउन रोक्न नसक्ने उनी प्रष्ट पार्छन् । सर्जकको अधिकारमा हस्तक्षेप गर्ने प्रयास भइरहेको भन्दै यसमा सरकार चनाखो हुनुपर्नेमा उनको जोड छ ।

ADVERTISEMENT
ADVERTISEMENT

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा  बलियो लाइनअप रहेको छ । चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कान्छो प्रधानमन्त्रीको देश

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कविता ‘घण्टी’

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

केकी र सुलक्षणले घोषणा गरे पेट्रोल पम्प

केकी र सुलक्षणले घोषणा गरे पेट्रोल पम्प

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host