ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुकाे पहिलाे राेजाइमा पर्याे नेपाल इन्जिनियरिङ कलेज


इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुकाे पहिलाे राेजाइमा पर्याे नेपाल इन्जिनियरिङ कलेज
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) प्रति विद्यार्थीहरु अत्याधिक आकर्षित भएको पाइएको छ । विगत ३१ वर्षदेखि नेपालको इन्जिनियरिङ शिक्षाको उन्नयनका साथै दक्ष जनशक्ति उत्पादनमा टेवा दिँदै आइरहेको नेकप्रति विद्यार्थीको रुचि देखिएको हो ।
कलेजले स्नातक तहमा आगामी शैक्षिक सत्रका लागि शनिबार प्रवेश परीक्षा लिएकोमा विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका सयौं विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार प्रवेश परीक्षामा ४५० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । ‘नेपालमै इन्जिनियरिङ गर्छु भन्ने विद्यार्थीहरुको संख्या राम्रो रहेछ । यो पटकको प्रवेश परीक्षामा उल्लेख्य मात्रामा विद्यार्थीहरु आउनु भयो । ४५० भन्दा बढी विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी हुनुभयो ।’ मिडिया रिलेसन अफिसर झा भन्नुहुन्छ ।

ADVERTISEMENT
यस पटकको प्रवेश परीक्षामा काठमाडौंमा रहेका विद्यार्थी मात्र हैन, मोफसलबाट समेत विद्यार्थीहरु सहभागी भएका थिए । धादिङदेखि छोरीलाई प्रवेश परीक्षामा सहभागी गराउन ल्याएका अभिभावक लक्ष्मण अधिकारीले कलेजको शैक्षिक वातावरण निक्कै राम्रो पाएको बताए । ‘पोखरा विश्वविद्यालय भन्दापनि पुरानो कलेज रहेछ, रिसर्च ओरियन्ट प्रयोगात्मक शिक्षण विधि रहेछ । इन्जिनियरिङ अध्ययन गर्नका लागि रिसर्च भनेको ठूलो कुरा हो । त्यसमाथि यो मुनाफारहित सामाजिक शैक्षिक संस्था पनि भएकोले शुल्कहरु पनि सर्वसुलभ नै लाग्यो ।’ सरकारी सेवा निवृत्त अधिकारीले भने ।

काठमाडौं, सितापाइलाका अनन्त डाँगीले पनि कलेजले प्रदान गर्ने इन्जिनियरिङ शिक्षा समयसापेक्ष र जीवनोपयोगी देखेर नै आफुले छोरालाई प्रवेश परीक्षा दिन लगाएको बताए । ‘अन्यत्र पनि इन्जिनियरिङको पढाई नहुने हैन तर, यहाँको पढाउने शैली, विद्यार्थीले पाउने सुविधा अन्यत्रको भन्दा फरक रहेछ । हामीले जुन शिक्षा हासिल गर्छौ त्यसले भोलीको भविष्य सुरक्षित हुनुपर्छ भन्ने मान्यताले म यहाँ आएको हुँ ।’ अभिभावक डाँगीले भने । कक्षा १२ पास गर्ने वित्तिकै विदेशिने लहडले लाखौं युवाहरुको भविष्य विग्रँदै गएकोमा उनी चिन्तित सुनिए,‘देशको अवस्था देखेर त छोराले पनि विदेसिन खोज्दैथ्यो, तर, मेरो मनले मानेन । युवाजति विदेसिए यो देश बनाउने कसले ? समस्याबाट भागेर हैन, समस्यासँग जुधेरमात्र सफलता प्राप्त हुन्छ, आफ्नै घरको खाएर पढ्नु जति सजिलो विदेशमा हुन्न भनेर छोरालाई सम्झाएर यहाँ ल्याए ।’ उनले भने ।

प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरुले शहरी भिडभाड र कोलाहलबाट टाढा शान्त तथा हरियाली युक्त वातावरण रहेकोले आफुहरु आकर्षित भएको बताए । कलेजले पूर्णकालिन फ्याकल्टीहरुको व्यवस्थापन गरेकाले अध्ययनलाई थप सहजता हुने उनीहरुको धारणा छ । आफ्नै पूर्वाधार, विषयगत प्रयोगशाला, पुस्तकालय, राष्ट्रिय अन्तराष्ट्रिय एक्सपोजरको सुविधा, स्थानीय, प्रादेशिक लगायतका आकर्षक छात्रबृत्ति, एकेडेमिया र इण्डष्ट्रीलाई जोड्ने शिक्षण पद्दति कलेजका थप विशेषता छन् । नेपाल इन्जिनियरिङ काउन्सिल बाट स्थायी मान्यता प्राप्त कलेजले गरिब, जेहेन्दार, दूरदराजमा रहेका विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षामा पहुँच स्थापित गराउने उद्देश्यले शुल्कहरु निर्धारण गरेको छ । त्यसो त, यो कलेज मुनाफा वितरण नगर्ने सामाजिक शैक्षिक संस्था हो । संस्था दर्ता ऐन २०३४ अन्तरगत जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको यस कलेज पछिल्लो समय नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समिति मार्फत सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host